बेलडाँडी,
बेलडाँडी गाउँपालिका प्रमुख हरिचन्द्र रानाद्धारा माघे सक्रान्ती तथा थारू समुदायको मुख्य चाड नयाँ वर्ष, थारु सम्वत २६४६ को अवसरमा सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा शुभकामना व्यक्त गर्नुभयो ।
वहाँ केहिदिन पहलिा काम विशेषले संघिय राजधानी काठमाडौं रहेकाले आज फर्कर्दै गर्दा मुखैमा आइपुगेको चाडपर्वको अवसरमा सामाजिक एकता, धार्मिक सहिष्णुता, भातृत्वलाई कसिलो बनाउनेमा पालिका पछि नहट्ने भन्दैै हरेक जाती, वर्ग, क्षेत्र, धर्म र समुदायका चाडपर्वहरुलाई सम्मानजनक तौरले हेर्दै आएको बताए ।
थारु समुदायले माघ पहिलो दिनलाई नयाँ वर्षको रुपमा मनाउने, वर्षभरि गरिएका क्रियाकलापहरुको समिक्षा गर्ने, वर्षभरिको लागि नयाँ योजना र नेतृत्व चयन गर्ने परम्परा रहेको र अन्य समुदायले समेत यस पर्वलाई भव्यताका साथ मनाउने गरिन्छ ।
प्रमुख रानाले सबै जातजाती, धर्म संस्कृतिलाई सम्मान गर्दै सबैमा शुभकामना व्यक्त गर्दै चाड पर्वको नाममा अराजकता, भडकिलो नवनाउन समेत आग्रह गर्नु भयो ।
Discussion about this post