बेलाैरी,
बेलाैरी नगर प्रमुख पोतिलाल चाैधरीद्वारा थारू समुदायको मुख्य चाड नयाँ वर्ष माघे सक्रान्ती तथा थारु सम्वत २६४६ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दाजुभाई तथा दिदी बहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नु भएको छ ।
वहाँले एक विज्ञप्ति जारी गर्दै बहुधर्म, बहु संस्कृती र बहुभाषा भएको हाम्रो देशमा यस्ता चाड पर्वहरुले सामाजिक एकता, धार्मिक सहिष्णुता, भातृत्वलाई कसिलो बनाउने गरेको जनाउदै बेलौरी नगरपालिकाले हरेक जाती, वर्ग, क्षेत्र, धर्म र समुदायका चाडपर्वहरुलाई समान रुपमा प्राथमिकता दिदै आएको अवगत समेत गराउनु भएको छ ।
जारी गरेको शुभकामना सन्देश यस्तो रहेको छ – नेपालीहरुको महान पर्व तथा थारु समुदायको मुख्य चाड नयाँ वर्ष थारु सम्वत २६४६ माघ/माघे सक्रान्तीको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दाजुभाई तथा दिदी बहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
थारु समुदायले यो पर्वलाई नयाँ वर्षको रुपमा मनाउनुका साथै आफ्नो समुदायमा वर्षभरि गरिएका क्रियाकलापहरुको समिक्षा र वर्षभरिको लागि नयाँ योजना र नेतृत्व चयन गर्ने गरिन्छ ।
पवित्र नदि तलाउ तथा त्रिवेणीमा स्नान गरी पूजा आजा सँगै पोषिला खानेकुरा खाएर मनाउने यस पर्वको समुदाय अनुसार आफ्नै आफ्नै महत्व रहेको छ बहुधर्म, बहु संस्कृती र बहुभाषा भएको हाम्रो देशमा यस्ता चाड पर्वहरुले सामाजिक एकता, धार्मिक सहिष्णुता, भातृत्वलाई कसिलो बनाउने गरेको छ ।
बेलौरी नगरपालिकाले हरेक जाती, वर्ग, क्षेत्र, धर्म र समुदायका चाडपर्वहरुलाई समान रुपमा प्राथमिकता दिदै आएको अवगत गराउन चाहान्छु । साथै माघ / माघे सक्रान्ती पर्वमा होहल्ला तथा तडकभडक जस्ता कार्य नगर्न र यस पर्वलाई सभ्य, भव्य तथा आर्थिक रुपमा मितव्यायी बनाउन समेत आग्रह गर्दछु । धन्यवाद।
पोती लाल चौधरी नगर प्रमुख
Discussion about this post