औषधी व्यवसायी संघ कञ्चनपुरको अध्यक्षमा पुन रामचन्द्र बुडा

कञ्चनपुर,
नेपाल औषधी व्यवसायी संघ कञ्चनपुरको अध्यक्षमा रामचन्द्र बुडा चयन भएका छन ।

 

शनिबार जिल्लाको उत्तरी भेग रौटेलामा सम्पन्न भएको नेपाल औषधी व्यवसायी संघ कञ्चनपुरको दोस्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा पुन बुडा चयन भएका हुन । यस अघि पनि बुडा नै अध्यक्षमा चयन भएका थिए ।

 

उपाध्यक्ष बंसिधर कलौनी, महासचिव जनक बहादुर चौधरी, कोषाध्यक्ष देवराज पाण्डे, सचिव गणेश गिरी, उपकोषाध्यक्ष राज कुमार चौधरी, सदस्य अनिल प्रशाद जोशी, प्रकासचन्द्र भट्ट, शिवराज भट्ट चयन भएका छन ।

 

नेपाल औषधी व्यवसायी संघ कञ्चनपुरको अध्यक्षमा दोस्रो पटक समेत जिम्मेबारी पाएका अध्यक्ष रामचन्द्र बुडाले सम्पूर्ण जिल्लाभरीका औषधी व्यवसायीको हकहितका साथै गुणस्तरिय स्वाथ्य सेवा प्रदान गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

 

अध्यक्ष बुडाले व्यवसायीका विद्यमान समस्या समाधन गर्दै उपभोक्ता बिरामीलाई समेत गुणस्तरिय औषधी प्रदान गर्ने बताए । बुडा अध्यक्षमा चयन भएसंगै उनलाई बधाईको ओईरो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित