कञ्चनपुर,
कञ्चपुरको पुनर्वास नगरपालिकामा संचालित कोभिड पुर्नप्राप्ती परियोजना कार्यक्रमको अनुमन गरिएको छ ।
स्वीट नेपालद्वारा पुनर्वास नगरपालिकामा संचालित ‘एकीकृत जिविकोपार्जनको पहलद्वारा कोभिड १९ पुर्नप्राप्ती परियोजनाको अनुगमन गरिएको हो ।
स्वीट नेपालले यूनडिपी र पुनर्वास नगरपालिकाको सहयोगमा कोरोना प्रभावित समुदायका लागि जिविकोपार्जन कार्यक्रम संचालन गरेको थियो ।
उक्त कार्यक्रमको शनिबार एक कार्यक्रमका विच अनुगमन गरिएको छ । स्वीट नेपालका पदाधिकारी, कर्मचारी, संचारकर्मी सहितका निकायबाट कार्यक्रमको अनुगमन गरिएको हो ।
स्वीट नेपाल एकीकृत जिविकोपार्जनको पहलद्वारा कोभिड १९ पुर्नप्राप्ती परियोजना कार्यक्रम व्यवस्थापन अमित सुनारले कोरोना महामारीबाट प्रभावित भएका विपन्न समुदायको आर्थिक बृद्धि विकासका लागि विवित कार्यक्रम गरिएको बताए ।
उनका अनुसार विपन्न समुदायलाई विभिन्न सीपमुलक तालिम प्रदान, बिउबिजन, प्राविधि सहयोग गरिएपछि किसान व्यवसायिक खेतीतर्फ उन्मुख भएका छन । महिलाका लागि अदुवा, बेसार, च्याउखेती, बेमौसमी तरकारी खेती, पोलि हाउस निर्माण, उच्च प्रविधी जडान, कृषक पाठशाला तरकारी खेती विस्तार, महिलाकै नेतृत्वमा तरकारी फलफुल पसल स्थापना, उन्नत जातको पशुपालन व्यवसाय विस्तार, सिँचाई सहयोग, विदेशबाट फर्किएकाहरुलाई सीप र लघु उद्यम विस्तार गरिएको छ ।
कार्यक्रम मार्फत तरकारीखेती सुरक्षित गर्न किसानकालागि एकीकृत सत्रुजिव व्यवस्थापन (आईपिएम) कृषक पाठशाला गरिएको छ । १६हप्ते कृषक पाठशालामा सहभागि किसानलाई प्रमाण पत्र प्रदान गरिएको छ ।
पनुर्वास नगरपालिका कृषि शाखा प्रमुख कर्ण बहादुर शाहीले १६ सातासम्म १३ पुरुष, १२महिला गरी २५ जना किसानलाई पुनर्वास तरकारी कृषक पाठशाला कार्यक्रम गरिएको बताए । उनका अनुसार ५ समुहमा किसानलाई विभाजन गरेर सिकाईएको बताए ।
पुनर्वास तरकारी कृषक पाठशाला कार्यक्रमका अध्यक्ष टेक बहादुर दवारीले पाठशाला कार्यक्रम मार्फत किसानलाई तरकारीखेती गर्न उत्प्रेरित गरिएको बताए । स्वीट नेपाल कञ्चनपुरका अध्यक्ष अमित तिरुवाले कोरोना महामारीपछि पुर्नप्राप्ती परियोजना मार्फत रोजगारी गुमाएका एव विपन्न किसानको आर्थिक उन्नतीका लागि कार्यक्रम संचालन गरिएको बताए ।
अध्यक्ष तिरुवाले स्वदेशी बस्तु उत्पादन गरेर आर्थिक बृद्धि विकासका लागि प्राविधिक सहयोग गरिएपछि किसानलाई व्यवसायीकरण बनाईएको बताए ।
पुनर्वास नगरका प्रमुख तोया प्रशाद शर्माले स्वीट नेपाल मार्फत संचालित कार्यक्रमले किसानलाई व्यवसायिक तरकारीखेती एव व्यवसाय तर्फ उन्मुख गराएको बताए । पालिका तर्फबाट किसानका लागि सहयोग गर्ने मेयर शर्माले प्रतिबद्धता जाहेर गरेका छन ।
Discussion about this post