सुदूरपूर्वका उद्योगीको जोशी र कुँवरलाई सहयोग गर्ने प्रतिबद्वता

128
VIEWS

कञ्चनपुुर,
कञ्चनपुर, उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशी र कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर पूर्वी नेपाल पुगेका छन ।

नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय समितिको चुनाव नजिकिएसंगै जोशी र कुँवर देश दौडाहामा निस्केका छन । जोशी र कुँवर सुदूरका बरिष्ठ उद्यमी व्यवसायी हुन ।

दुबै जनाले महासंघको केन्द्रीय कार्यकारिणी समितिको जिल्ला नगरको (खुल्ला तर्फ) बाट सदस्यमा उम्मेदवारी घोषणा गरेपछि देशभरका उद्योगी व्यवसायीलाई भेटघाटमा सक्रियता बढाएका छन ।

बुधबार धनगढीबाट चुनावी अभियान सुरू गरेका कुँवर र जोशीले शुक्रबार कोशी प्रदेश पुगेर त्यस जिल्लाका उद्योग वाणिज्य संघका अध्यक्षसहित उद्योगी व्यवसायीहरुसंग भेट गर्दै चुनावमा सहयोग गर्न आग्रह गरेका छन । सुदूरपूर्वका व्यवसायीहरुसंग सुदूरपश्चिम जहिले पनि हातेमालो गरेर अगाडि बढन तयार रहेको धारणा राखेका छन ।

भेटका क्रममा सुदूरपुर्व त्यहाँका उद्योगी व्यवसायीहरुले चुनावमा जीतको अग्रीम शुभकामना दिँदै आफूहरूको साथ सहयोग रहने प्रतिबद्वता समेत जनाएका छन ।

नेपाल उद्योग वाणिज्य महासंघको ५७ औँ चुनावी साधारण सभा यही चैत्र २८ र २९ गते हुँदैछ । त्यसका लागि केन्द्रीय सदस्यका लागि कञ्चनपुरबाट जोशी र कैलालीबाट कुँवर सहितका उद्यमी व्यवसायी देखिएका छन ।

सुदूरपश्चिमबाट समेत महासंघमा प्रतिनिधित्व गर्दै सुदूरको औद्योगिक बृद्धि विकासका लागि आवश्यक रहेको औल्याईएको छ ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार