काठमाडौं,
हरेक वर्ष जुन महिनाको तेस्रो आइतबार चाहिँ विश्व समुदायले अन्तराष्ट्रिय बुवा दिवसका रूपमा मनाउँदछ । परापूर्व कालदेखि नै मातृ देवो भव, पितृ देवो भव भन्ने नारालाई आत्मसाथ गर्दै आमा र बुवाको मुख हेर्ने दिनमा स्नेहपूर्वक रूपमा मनाउने सनातन दर्शनमा आमा र बुवालाई भगवान् सरह मान्यता दिइएको नै छ ।
चाहे जुनसुकै धर्म, दर्शन, संस्कार या जनावरहरू नै किन नहुन ? आमा बुवालाई पुज्ने चलन छ । यस क्रममा भारतमा बेलायती शासकहरूको शासन सुरुवात पछिका दिनमा नै जुन महिनाको तेस्रो आइतबार बुवाप्रति समर्पण गर्ने दिन मनाउने चलन स्थापना गरिएको थियो । क्रमशः यसै चलनलाई बेलायतीहरूले आफ्नो देशमा पनि थालनी गरिदिए र आज विश्वभर नै जुन महिनाको तेस्रो आइतबार अन्तर्राष्ट्रिय बुवा दिवस मनाउने चलन स्थापना भएको हो ।
मोनोगाह खानी दुर्घटना र अन्तर्राष्ट्रिय बुवा दिवस मनाउने चलन
सन् १९०७ को कुरा हो, अमेरिकाको मोनोगाह भन्ने ठाउँमा खानीमा कामदारहरू भएकै बेलामा ठुलो विस्फोट भयो । यसमा २५० जना बालबच्चा भएका परुषहरू सहित कुल ३६७ जना पुरुषहरूको मृत्यु भयो । अनि सन् १९०८ बाट नै वेस्ट भर्जिनियाकी एक जना महिलाले आफ्नो गिर्जाघरमा पादरीलाई आमा दिवस जस्तै बुवा दिवस पनि मनाएर उक्त दुर्घटनामा बुवा बितेका सबैलाई आफ्नो बुवाप्रति सम्झना समर्पण गर्ने अवसर दिन आग्रह गरेकी थिइन । यसरी यस चलन विश्वभर प्रचलन हुँदै गयो ।
चाहे जुनसुकै धर्म या सम्प्रदायका भए पनि बुवाको हात समातेर तोती बोली बोल्दै लरवरिएका पाइला चाल्न सिकेको हामीमध्ये धेरै छौँ र त्यसरी ताते ताते गरेर हिँड्न सिकाउने, हाम्रो जीवन सजाउन दिनरात अहोरात्र खटेर हामीलाई कर्म दिने अनि सुरक्षा दिने बुवा । शायद शब्दले व्याख्या गर्न सकिन्न, तिनै बुवाहरूको बुढेसकालको बलियो लाठी बन्नलाई हामीमध्ये धेरैले कडा परिश्रम पनि गरिरहेका छौँ होला १ जे होस आमा बुवा नै यस जगतका देख्न सकिने भगवानहरु हुन । आजका दिन पृथ्वी लोकका सम्पूर्ण पिताहरूलाई स्मृति गर्दै कोटी कोटी नमन गरौँ । हाम्रो पात्रोबाट साभार
Discussion about this post