सिडजीको निर्देशन रहेको ‘कावासोती साइफर’ सोमबार सार्वजनिक हुँदै

कावासोती साइफर भोल्युम ३ सोमबार सार्वजनिक हुने भएको छ।

युनियन रेकर्डसको प्रस्तुति रहेको उक्त र्‍याप साइफरमा डिएक्स फ्लो, डेगो, एजे-४९, लिल सुलोभ, सुजन लामा, सेन जि, बिक्कु, गोरे, एमसी किगं, लिल-ला, यौंग-सौगात, प्रोमीज लगायतको र्‍याप रहेको छ। सिद्धान्त राना मगर (सिडजी) को निर्देशन रहेको उक्त र्‍याप साइफरको छायांकन गणेश परियारले गरेका छन्।

आफ्नो ठाँउलाई प्रतिनिधित्व गर्ने तथा चिनाउने उद्देश्यले साइफरको नाम ‘कावासोती साइफर’ राखिएको युनिकन रेकर्डसका सिइओ सिडजीले बताए।

उक्त गीतको भिडियोलाई युनिकन रेकर्डस मार्फत सार्वजनिक गरिने युनिकन रेकर्डसका सिइओ सिडजीले बताउनुभयो। गीतको भिडियो निर्माणमा एजुकेसन हब, फ्याब्रिक्स, टिफिन बक्स, अजै एण्ड सन्सको लगायतको समेत सहयोग रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित