पुनर्वासमा मोटरसाइकल र टिप्पर एकआपसमा ठोक्किदा मोटरसाइकल चालकको मृत्युु

319
VIEWS

पनुर्वास,
आज बिहानै पुनर्वास नगरपालिका-५, सिमरीमा टिप्पर र मोटरसाईकल एकआपसमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

ठक्करबाट सिमरी गाउँकै मोटरसाइकल चालक ५५ वर्षिय मोतिलाल रानाको उपचारका क्रममा धनगढीमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ ।

धनगढी तर्फ गईरहेको सु.प.प्र.०१-००१क २२०० नम्बरको टिप्परसंग सिमरी गाउँभित्रबाट विपरित दिशाबाट हुलाकी सडकमा आईरहेको से.४प. २२७१ नम्बरको मोटरसाईकल ठोक्किदा गम्भिर घाईते भएका रानाको उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटना लगत्तै उपचारका लागि धनगढी स्थित माया मेट्रो हस्पिटल पुर्याईएको थियो । मृतक रानाको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल लगिएको छ भने टिप्पर,मोटरसाइकल र चालक ईलाका प्रहरी त्रिभुवनबस्तीको नियन्त्रणमा रहेको छ ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार