दशैँका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुल्यो

काठमाडौं:

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा गत शुक्रबार भएको सर्वपक्षीय छलफलपछि आजदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय भएको थियो।

अग्रिम टिकट बुकिङ खुला गरिएसँगै यात्रुको चाप हुने स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिने यातायात व्यवस्था विभागले जानकारी दिएको छ। कालोबजारीमा टिकट बिक्री हुन नदिन अनुगमन गरिने विभागको भनाइ रहेको छ।

टिकट बुकिङ खुला भएसँगै बिहानदेखि नै गोंगबुस्थित नयाँ बसपार्कमा टिकट लिनेहरुको भिडभाँड लागेको छ। यस्तै कलंकी, बल्खु, कोटेश्वरलगायत काठमाडौंका विभिन्न स्थानमा खोलिएका काउन्टरहरु पनि टिकट लिनेहरुको घुइँचो लागेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित