लागूऔषध विरूद्धको महाअभियान बेलौरीले २६ गते चलाउदै

बेलौरी, २२ असोज । बेलौरी नगरपालिकाले लागूऔषध विरुद्धको महाअभियान यही २६ गते देखि चलाउने तयारी गरेको छ ।

आज सोमवार पत्रकार सम्मेलन गर्दै पालिकाले असोज २६ गतेदेखि बिभिन्न जनचेतना मुलक कार्यक्रम गर्दै लागूऔषध विरुद्धको महाअभियान २०८० चलाउने तयारी गरेको हो ।


बेलौरी नगरपालिका भारतिय खुल्ला सिमानाका संग जोडिएकाले लागूऔषध प्रयोगकर्ता एवम लागूऔषध व्यापारीले यही नाका प्रयोग गर्दै आएकाले बेलौरी नगरपालिका र ईलाका प्रहरी कार्यालय बेलौरीको संयुक्त आयोजनामा लागूऔषध विरुद्धको महाअभियान चलाई न्युनिकरणका लागि सबै क्षेत्रबाट पहल गर्नुपर्ने नगर प्रमुख पोतीलाल चौधरीले पत्रकार सम्मेलन मार्फत जानकारी गराउनु भयो ।

उहाँका अनुसार कार्यपालिकाको निर्णय अनुसार नै यो महाअभियानको आयोजना गरिएको बताए । विगत ५ वर्षमा बेलौरी नगरपालिका क्षेत्रबाट लगभग २ सय जना लागूऔषधका प्रयोगकर्ता र व्यपारी पक्राउ परेको तथ्याङक सार्वजनिक गर्दै अवस्था भयावह भन्दै गरेको प्रति चिन्ता व्यक्त गर्नु भयो ।

कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिकाबाट लागूऔषध निर्मूल पार्नका लागि अभियानमा सबै पक्षको साथ सहयोग चाहिएको बताउनु भयो ।


२६ गते हुने लागूऔषध विरूद्धको महाअभियानको उदघाटन सुदूरपश्चिम मुख्यमन्त्रीले गर्ने तय भएको छ । बेलौरी बजारमा भव्य र्यालीको अयोजना गर्दै बेलौरी नगरपालिकामा रहेका हरेक टोल समुदाय बिद्यालयमा जनचेतना मुलक छलफल र बिभिन्न कार्यक्रमको आयोजना गरिने भएको छ ।

कार्यक्रम उदघाटनकै दिन पालिकाले लागु पदार्थ सेवनकर्तालाई जाँच गर्ने मेसिन पनि ईलाका प्रहरी कर्यालयलाई प्रदान गर्ने भएको छ । कुनै पनि संकास्पद व्यक्तिलाई चेकजाँच गर्दा उसले लागुपदार्थ सेवान गरेको छ या छैन भनेर चेकजाँच गरिने समेत चौधरीले बताउनु भयो ।

 

पालिकाले महाअभियानलाई सफल पार्न जनचेतना मुलक लेखहरु लेखिएका ४ हजार टिसर्ट वितरण गर्ने तयारी समेत गरेको छ ।

ईलाका प्रहरी कार्यलय बेलौरीका प्रमुख प्रहरी निरीक्षक गौरीप्रशाद जैशीले बजारमा बढदै गएको लागुऔषधको बजार मागलाई न्युनिकरण गर्ने, उत्पादनलाई कम गर्न २५ बर्ष भन्दा मुनिकालाई बढी सचेत गराउनु पर्नेमा जोड दिए । उनका अनुसार अधिकांश लागूऔषध प्रयोगकर्ता २५ बर्ष मुनिका युवाहरू रहेको प्रहरी तथ्यांकले देखाएको बताए ।

लागूऔषध नियन्त्र प्रहरीको हातबाट मात्र सम्भब नभएको बताउदै यसमा सबै पक्ष सक्रिय भएर लागे न्यूनिकरण गर्न सकिने निरीक्षक जैशीले बताए । खास गरि विद्यार्थी भाइबहिनीहरुलाई यस विषयमा बढी सचेत गराउनु पर्नेमा वहाँको जोड रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित