कैलालीमा नगद सहित १२ जुवाडे पक्राउ

कैलाली:

प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको आरआइटि र वडा प्रहरी कार्यालय धनगढीको टोलिले धनगढीबाट १२ जना जुवाडे पक्राउ परेका छन् । शुक्रबार राती करिब १२ बजेको समयमा धनगढी उपमहानगरपालिका १३ राजपुराबाट एक लाख एक हजार ३६५ रुपैयाँ सहित १२ जना जुवाडे पक्राउ परेका हुन् ।

उपमहानगरपालिका( १३ राजपुर स्थित खाली टहरामा जुवातास खेलिरहेको भन्ने गोप्य सुचनाको अधारमा सयुक्त प्रहरी टोलिले सो रकम सहित जुवाडे समातेको प्रहरीले जनाएको छ ।

जुवा तास खेलिरहेको अवस्थामा पक्राउ पर्नेमा धनगढी उप–महानगरपालीका १३ बस्ने कमल बडायक, सोही ठाउका, सुवा राना, राधेश्याम राना, भरत राना, भरत राना, राम नन्द राना, रुपेन्द्र ओझा, शिब कुमार राना, सुरेश राना, को पिरागी राना, नबोध झा र योगेन्द्र महरा रहेका छन ।

बरामद रकम र जुवाडेहरुलाइ जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ । उनिहरु माथी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित