नेपाली कांग्रेस कैलालीको आयोजनामा धनगढीमा चियापान कार्यक्रम

कैलाली:

हिन्दुहरुको महान पर्व विजया दशमी, तिहार र छठ लगायत पर्वको शुभकामना आदानप्रदान गर्न कोजाग्रत पूर्णिमाका दिन पार्टी कार्यालय धनगढीमा चियापान  कार्यक्रम गरिएको छ ।

चियापान कार्यक्रममा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी लगायत विभिन्न राजनीतिक दलका नेताहरुलाई पार्टी सभापति नारायण दत्त भट्टले स्वागत गरेका हुन्र ।

अन्य दलका नेतासंगै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह पनि चियापान कार्यक्रममा सहभागि भएका थिए ।

नेपाली काँग्रेसका सचिव केशब मिश्रले पर्वको शुभकामना आदान–प्रदान गर्न पार्टी कार्यालयमा चियापान कार्यक्रम गरिएको जानकारी गराएका छन् ।

उनका अनुसार कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य, प्रदेश समितिका सभापति तथा पदाधिकारी, जिल्ला कार्य समितिका पदाधिकारी तथा सदस्य, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, कैलालीबाट निर्वाचित संघ, प्रदेश तथा स्थानिय तह र वडाका जनप्रतिनिधि, क्षेत्रिय पदाधिकारी तथा सदस्य, प्रदेश सभा क्षेत्र कार्य समिति पदाधिकारी तथा सदस्य, पालिका र वडा कार्य समितिका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।

यसका साथै पार्टीका भातृ तथा शुभेच्छुक संस्था कार्य समिति पदाधिकारी तथा सदस्य, नेपाली काँग्रेसमा आस्थावान व्यक्ति र सञ्चारकर्मीहरु पनि चियापान कार्यक्रममा सहभागि भएको उनको बताएका छन् ।

२०३३ सालमा बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि २०३४ सालदेखि कांग्रेसले प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाका दिन चियापान कार्यक्रम आयोजना गरी शुभकामना आदान–प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित