मेटाको टोलीसँग निर्वाचन आयोगको अन्तरक्रिया

सोसल मिडिया फेसबुकको मातृ कम्पनी मेटाको प्रतिनिधिमण्डलले सोमबार निर्वाचन आयोगसँग अन्तरक्रिया गरेको छ। मंसिर ४ मा हुन गइरहेको प्रतिनिधि सभा एवं प्रदेश सभा निर्वाचनको सन्दर्भमा आयोगले फेसबुक मातृ कम्पनीसँग छलफल गरेको हो।

निर्वाचनको समयमा आचारसंहिता विपरित फेसबुकबाट हुन सक्ने सम्भावित अवाञ्छित क्रियाकलाप रोक्ने सम्बन्धमा छलफल केन्द्रित थियो। मेटाको प्रतिनिधमण्डलले निर्वाचन प्रक्रियाको समयमा फेसबुकमार्फत हुने तथ्यहीन, भ्रामक एवं घृणायुक्त सामग्री रोक्न सबै किसिमको सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *