मेरो उम्मेदवारी कुनै व्याक्ति पार्टी विरुद्ध नभई रोग,भोग, गरिवी, बेरोजगारी, अशिक्षा र भ्रष्ट्रचार विरुद्ध हो ः टेक बहादुर साउद

बेलडाँडी,
बेलौरीका मिलनसार व्यापारी टेक बहादुर साउद प्रदेश सदस्यका लागि स्वतन्त्रबाट चुनाव लड्दै प्रचार प्रसारमा होम्मिएका छन् ।

कञ्चनपुर क्षेत्र नं.१ “ख” प्रदेश प्रतिनिधीका लागि स्वतन्त्रबाट “लालटिन” चुनाव चिन्ह लिएर आफु चुनावी मैदानमा होम्मिएको साउदले बताए । उनका अनुसार आफ्नो उम्मेदवारी कुनै पार्टी र व्याक्तिका विरुद्धमा नभई रोग,भोग, गरिवी, बेरोजगारी, अशिक्षा र भ्रष्ट्रचार विरुद्ध रहेको बताएका छन् ।

कञ्चनपुरको दक्षिणी क्षेत्रले धेरै नेताहरुलाई नेता बनाइसक्दा समेत जनताका साझा समस्या जस्ताका त्यस्तै भएकाले यसको अन्त्यका लागि आफुले उम्मेदवारी दिएको बताए । उहाँका अनुसार लामो समय देखि बेलौरी कलुवापुर सडक नबन्नु, दैजी बेलडाँडी सडक खण्ड समयमै नवन्नु, कालिकिच ताल व्यवस्थापन नगरीनु, सिमसारका समस्या साधान नगरिनु, किसानले फलाएको साग तरकारीको उचित व्यवस्थापन गरी आर्थिक अवस्था मजबुत पारी नसक्नु, सीमा समस्या समाधन नहुनु, बेलौरीमा भन्सार कार्यालय स्थापना नगरि सक्नु, यस क्षेत्रका नागरिकले सानो विरामी हुदा धनगढी महेन्द्रनगर या अन्यन्त्रै जानुपर्ने, युवालाई रोजगार नदिन सक्नु, शिक्षा क्षेत्रमा कुनै फट्को नलिन सक्नु र प्रत्येक क्षेत्रमा भ्रष्ट्रचार फेथिति अराजक रोक्न नसक्नुले आफुलाई पिरोलेका कारण जनताका आधारभूत समस्या समाधानका प्रतिवद्ध सहित चुनावमा होम्मिएको जनाए ।

समाजमा रहेको गरिबी, विकास, अशिक्षा, बेरोगार, स्वास्थ्य अति विपन्न, दुखी, निमुखा, बेसहराहरुको पक्षमा ठोस नितिका साथ सकरात्मक परिवर्तन र ती विपन्न वर्गहरुलाई सहयोग पुर्याइने प्रतिवद्धताका साथ जीवन यापनमा सहजता ल्याउने योजना आफु संग रहेको जनाए ।

यो पार्टी सो पार्टी भन्दा पनि व्याक्तिको इमान्दारीता हेरेर भोट गर्ने बेला आएकोले जनाताको माग अनुसार आफु चुनाव लड्न तयार रहेको बताए । देश भर राम्रो छबी भएका स्वतन्त्र व्याक्तिहरुका पक्षमा जनलहर बन्दै गरेकोले परिवर्तनका लागि स्वतन्त्र हुन जरुरी रहेको बताए ।

पछिल्ला दिनहरुमा साउदको समर्थमा जनलहर बढ्दै गरेको छ । स्वच्छ छवी भएका साउद परिर्वतनका संवाहक समेत रहेकाले उनी प्रति दिनप्रतिदिन यस क्षेत्रका नागरिकको चसो बढ्दै गएको छ ।

यहाँ कुनै पनि दलमा आफ्नो सिद्धान्त नभएको अवस्था छ । नामधारी लोकतन्त्रवादी तथा नामधारी कम्युनिस्ट भएका कारण यो अवस्था आएको हो । कम्युनिस्टहरु बढि शोशक तथा सामन्ती भए लोकतन्त्रवादी भनिनेहरु अलोकतान्त्रिक चरित्रका पृष्ठपोषक भएका कारणले गर्दा देश भर स्वन्तन्त्र उम्मेदवारी बढेको छ । यहाँ न एमाले माओवादीले कम्युनिस्टको चरित्र देखाएको छ, न त कांग्रेसले लोकतन्त्रको चरित्र देखायो । यहाँ कसैमा राजनीतिक सोच तथा संस्कार नभएकाले सबैदलहरुमा राजनीतिक अराजकहरुको भिड बन्न थालेको छ । यहाँ सबै व्यवस्थालाई सवल बनाउने सोच कसैमा पनि छैन । जसका कारण स्वतन्त्र उम्मेदवार बढेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित