च्याउ टिप्न जंगल गएकी बेलौरीकी एक महिला बाघको आक्रमणमा परि घाइते

343
VIEWS

बेलौरी-च्याउ टिप्न जंगल गएकी बेलौरीकी एक महिला बाघको आक्रमणमा परेर घाइते भएकी छन् ।

बिहिबार लालझाडी गाउँपलिका ६ ढक्कास्थित शुक्लाफाटा राष्ट्रिय निकुञ्ज संग जोडिएको जंगलमा च्याउ टिप्न गएकी बेलौरी नगरपालिका ९ डाडाकुण्डा बस्ने करिब २५ वर्षीया बिन्दु डगौरा बाघको आक्रममा परि घाइते भएकी छिन् ।

बाघको आक्रमणमा परि डगौराको आखामा करिब २० टाका र टाउको पछाडि १० भन्दा बढी टाका लागेको छन् । घाइते डगौराको धनगढीस्थित नव जीवन अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

स्थानीयका अनुसार करिब १०,१२ जना महिलाहरुको समुह च्याउ टिप्ने क्रममा पाटे बाघले डगौरा माथि आक्रमण गरेको थियो । सबैले होहल्ला गर्दा बाघ भागेको बताए ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार