बेलडाँडी । बेलडाँडी गाउँपालिका वडा नं. २ कार्यालयले आज एक विशेष कार्यक्रमको आयोजना गर्दै वडाका ८० वर्षभन्दा माथिका बृद्धबृद्धालाई सम्मान तथा कम्बल वितरण गरेको छ । यस कार्यक्रममा ५५ जना भन्दा बढी बृद्धबृद्धालाई चिसोबाट बच्नका लागि कम्बल वितरण गरिएको हो ।
वडा सदस्य रमेश चनाराको जानकारी अनुसार, यो कम्बल वितरण आ.व. २०८१÷०८२ को जेष्ठ नागरिक सम्मान शिर्षकमा विनियोगित बजेटबाट गरिएको हो । उहाँले भने, “यो कार्यक्रम बृद्धबृद्धालाई चिसोका कारण हुने स्वास्थ्य समस्याहरू र कठिनाइलाई केही हदसम्म कम गर्नको लागि आयोजना गरिएको हो ।“
कार्यक्रमका प्रमुख अतिथि बेलडाँडी गाउँपालिका उपाध्यक्ष शान्ति नाथले वडाले बृद्धबृद्धाहरु प्रति सम्मान गरेकोमा धन्यवाद दिदै यस्तै कार्यक्रम निरन्तर गर्नुपर्नेमा जोडदिएका थिए ।
समारोहका अध्यक्ष तथा वडा वडा नं. २ का अध्यक्ष नारद सिंह उर्यालले भने, “आजको यो कार्यक्रम केवल कम्बल वितरणको अवसर मात्र होइन, यो हाम्रो बृद्धबृद्धाप्रति कृतज्ञता र सम्मान व्यक्त गर्ने एक सानो प्रयास हो । हामी सदैव उनीहरूको हक र सम्मान सुनिश्चित गर्न प्रतिबद्ध छौं ।” यस्तै वडा सदस्य रतना विकले पनि बृद्धबृद्धाहरूलाई सम्बोधन गर्दै, “हामी हाम्रो बृद्धवृद्धालाई सम्मान गर्न र उनीहरूको जीवनलाई सहज बनाउने दिशामा निरन्तर काम गर्नेछौं ।”
वडा सचिव कमला बडालले, “यस प्रकारका कार्यक्रमहरूले हाम्रो समाजमा एकताको भावना सुदृढ पार्छ र बृद्धवृद्धाहरूको योगदानलाई सम्मान दिन महत्त्वपूर्ण अवसरहरू सिर्जना गर्छ,” भन्नु भयो ।
कार्यक्रमको समापनमा बृद्धबृद्धाले खुशी व्यक्त गर्दै, यो सम्मान र कम्बल वितरणलाई अत्यन्त सराहना गरे । यस कार्यक्रमले बेलडाँडी वडा नं. २ मा वृद्ध नागरिकहरूको सम्मान र उनीहरूको जीवन स्तर सुधार्नेमा महत्वपूर्ण योगदान पुर्याएको छ । जेष्ठ नागरिकका लागि कम्बल वितरण कार्यक्रमले ठूलो राहत हुने विश्वास गरिएको छ ।
यसले वृद्धवृद्धालाई सर्दी र चिसोबाट बच्न मद्दत गर्नेछ, जसको सकारात्मक प्रभाव समुदायमा पर्ने आशा गरिएको छ । कार्यक्रमको संचालन समाजिक परिचालक कृष्ण कुमार रोकायाले गरेका थिए ।





















Discussion about this post