बेलडाँडी गाउँपालिकामा निःशुल्क आँखा शिविर, मंसिर २० गते संचालन हुने

बेलडाँडी । बेलडाँडी गाउँपालिकाको आयोजनामा यही मङ्सिर २० गते निःशुल्क आँखा शिविर संचालन हुने भएको छ। नेपाल नेत्रज्योति संघ तथा गेटा आँखा अस्पतालको प्राविधिक सहयोगमा हुन लागेको यो शिविर गाउँपालिका-२, रौलेश्वर बहुमुखी क्याम्पसमा विहान १० बजेबाट दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ।

सार्वजनिक स्वास्थ्य तथा उपचार पहुँचमा सुधार ल्याउने उद्देश्यले गरिएको यस कार्यक्रममार्फत आँखा समस्या भएका नागरिकले निःशुल्क जाँच तथा आवश्यक परामर्श पाउनेछन्। गाउँपालिकाले वडा कार्यालयहरू र स्वास्थ्य संस्थाहरूसँग समन्वय गर्दै वृहत प्रचार–प्रसार गरी स्थानीयलाई सेवाको पूर्ण लाभ लिन सहयोग गर्न आग्रह गरेको छ।

गाउँपालिकाले सबै जनतालाई समयमै उपस्थित भई प्रदान गरिने निःशुल्क सेवाबाट लाभान्वित हुन अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित