अनुदान वितरणमा राजनीतिक पहुँच हाबी भएको आरोप, निष्पक्षता अपनाउन कम्युनिष्ट युवा संगठनको चेतावनी

कञ्चनपुर । कम्युनिष्ट युवा संगठन, नेपाल कञ्चनपुर जिल्ला समितिले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट वितरण हुँदै आएको अनुदानमा राजनीतिक पहुँच र पक्षपात हाबी भएको आरोप लगाउँदै निष्पक्ष वितरणको माग गरेको छ।

संगठनका जिल्ला अध्यक्ष अनमोल ठकुरी द्वारा हस्ताक्षरित विज्ञप्तिमा विगत लामो समयदेखि वास्तविक तथा पहुँचविहीन किसानहरू अनुदानबाट वञ्चित हुँदै आएको जनगुनासो व्यापक रूपमा आएको उल्लेख गरिएको छ।

विज्ञप्तिमा “अनुदानका नाममा मुठीभर झोले किसान र गलत नियत भएका सीमित व्यक्तिहरू मात्र मोटाउने काम भएको” आरोप लगाउँदै यस्तो प्रवृत्तिले राज्यको सम्पत्तिको दोहन भइरहेको दाबी गरिएको छ।

संगठनले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लाई तत्काल अनुदान वितरण प्रणाली पारदर्शी, निष्पक्ष र वास्तविक किसानमुखी बनाउन आग्रह गरेको छ।

साथै, यस्ता बेथिति तत्काल सच्याउन नसके जनसंघर्षमा उत्रिन बाध्य हुने चेतावनी समेत विज्ञप्तिमार्फत दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित