बेलडाँडी, १८ कार्तिक ,
सशस्त्र प्रहरीले कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीको बैवाह क्षेत्रबाट ८ हजार भन्दा बढि मुल्य बराबरको विभिन्न प्रकारका पटाकाहरु बरामद गरि नष्ट गरेको छ ।
तिहारका लागि भारत नाकाबाट भित्र्याइन लागेका ८ हजार भन्दा बढी मुल्यका विभिन्न प्रकारका पटाका बेलडाँडी गाउँपालिका वडा नं ३ बैवाह नजिकै बेवारिसे अवस्थामा फेला पारि नियन्त्रणमा लिएर नष्ट गरिएको झिलमिला विओपी प्रमुख शसन्त्र प्रहरी नायव निरीक्षक मान बहादुर खत्रीले जानकारी दिए ।
पटाकाबाट ठूलो धनजनको क्षति निम्त्याउने र कानुनद्वारा बर्जित रहेकाले नियन्त्रणमा लिई जनप्रतिनिधि वडा नं।५ का अध्यक्ष इन्द्र बहादुर खडका,सशस्त्र प्रहरी, पत्रकार लगायतको रोहबरमा नष्ट गरिएको सशस्त्र प्रहरी झिलमिला विओपी प्रमुख खत्रीले जानकारी दिए ।
यस्तै वडाध्यक्ष खडकाले भने ू कानुनले प्रतिबन्ध गरेका स(सामान नल्याउन सबैमा आग्रह गर्नु भयो । पटाका जस्ता विस्फोटक पदार्थ पटकाउने क्रममा अंगभंग समेत हुन सक्ने भन्दै यस्ता सामग्री नल्याउन आग्रह गर्नु भयो ।
Discussion about this post