जाजरकोट मा भूकम्प मा  परी मृत्यु हुनेको संख्या १ सय ४४ पुग्यो

काठमाडौं :

जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पमा परी रुकुम पश्चिममा मात्रै ५२ जनाभन्दा बढीको मृत्यु भएको छ।

 

 

रुकुम पश्चिमको आठबीस नगरपालिकाका उपप्रमुख धनकुमारी शाहीका अनुसार हालसम्म ५२ जनाको मृत्यु भएको छ। उनका अनुसार विशेषगरी ११, १२, १३ र १४ नम्बर वडा प्रभावित बनेका छन्। रुकुम पश्चिम र जाजरकोटमा भौतिक संरचनामा समेत ठूलो क्षति पुगेको छ।यता जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी सन्तोस रोकाका अनुसार भूकम्पमा परी हालसम्म जाजरकोटमा मात्र ९२ जनाको मृत्यु भएको छ।

 

 

उनीहरुमध्ये ६६ जना महिला र २६ जना पुरुषको मृत्यु भएको छ ।गएराति ११ बजेर ४७ मिनेटमा ६,४ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले बताएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ४ १६ बजेमा ४।६ रेक्टर स्केल, १२, ३५ बजेमा ४,३ रेक्टर स्केल, १२, २९ बजेमा ४ ,२ रेक्टर स्केल, १२, ८ बजेमा ४, ५ रेक्टर स्केलका भूकम्प गएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित