विपिन जोशीलाई रिहा गर्न हमासलगायत अन्तर्राष्ट्रिय शक्तिहरूसँग आग्रह गर्ने संसदीय समितिको निर्णय

काठमाण्डौ :

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले इजरायलमा प्यालेस्टिनी विद्रोही समूह हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीलाई विना सर्त रिहा गर्न अन्तर्राष्ट्रिय शक्तिहरूसँग आग्रह गर्ने निर्णय गरेको छ ।

 

आज बिहीवार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको संसदीय समितिले विपिन जोशीलाई विना सर्त रिहा गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गर्ने निर्णय गरेको छ ।बैठकपछि निर्णय सुनाउँदै समिति सभापति राजकिशोर यादवले विपिनको विना सर्त अविलम्ब रिहाइका लागि हमासलगायत अन्तर्राष्ट्रिय शक्तिहरूसँग आग्रह गर्ने निर्णय भएको जनाईएको छ।

 

उहाँले नेपाल कुनै पनि पक्षधरता देश नरहेको र जहिले पनि शान्तिको वकालत गर्ने भएकाले नेपालीलाई कुनै पनि कारणविना बन्धक बनाउन नहुने बताएका छन् ।सभापति जोशीले भन्नुभयो, ‘हमासले इजरायलमा आक्रमण गर्दा विपिन जोशीलाई बन्धक बनाएको भन्ने छ तर अहिलेसम्म जानकारी छैन ।

 

विपिन जोशीको विना सर्त अविलम्ब रिहाइका लागि हमासलगायत अन्तर्राष्ट्रिय शक्तिहरूसँग आग्रह गर्ने निर्णय गरेका छौँ । नेपाल कुनै पनि पक्षधरता देश नरहेको र हामी जहिले पनि शान्तिको वकालत गर्ने भएकाले हाम्रा नागरिकलाई कुनै पनि कारणविना यसरी बन्धक बनाइनु हुँदैन ।’यस्तै बैठकले समितिको छ महिनाको भावी कार्ययोजना र समितिको कार्य प्राथमिकीकरणका लागि नौ सदस्यीय कार्यदल गठन गरेको सभापति जोशीले बताउनुभयो ।

 

कार्यदलले समितिको प्राथमिकीकरण कुन विषयलाई कहिले टुङ्ग्याउने भन्ने निष्कर्ष निकाल्ने उहाँको भनाइ छ । कार्यदलका संयोजक राजकिशोर यादवसहित सदस्यमा उदयशमशेर जबरा, एकनाथ ढकाल, छिरिङ यामु लामा, देवीप्रकाश भट्टचन, डा। धवलशमशेर जबरा, प्रेम सुवाल, शिशिर खनाल, सम्झना थपलिया हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित