ललितपुरमा गाडीले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

10
VIEWS

काठमाडौं:

ललितपुरको महालक्ष्मी नगरपालिका(६ लुभु सानागाउँमा नम्बर नखुलेको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ ।

 

नम्बर नखुलेको गाडीले बा।२९ प ९४८५ नम्बरको मोटरसाइकललाई बुधबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार दम्पतीको मृत्यु भएको प्रहरीलेबताएको छ ।मृत्यु हुनेहरूमा मोटरसाइकल चालक महालक्ष्मी(८ लुभु घर भएका ४३ वर्षीय दिनेश श्रेष्ठ र उनकी श्रीमती ३७ वर्षीया संगिता श्रेष्ठ रहेका प्रहरीले जानकारी दिएका छन् ।

 

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको कृष्ट अस्पताल इमाडोलमा उपचारको क्रममा मृत्यु भएको हो ।

 

दुर्घटनामा संलग्न शंकास्पद गाडीलाई लुभुस्थित खेतबाट प्रहरीले नियन्त्रणमा लिएको छ । हाल फरार गाडी चालकको खोजी भइरहेको प्रहरीले जानकारी दिएका छन् ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार