बालुवाटारमा कार्यदलको बैठक जारी, सिट बाँडफाँटमा जुट्ला सहमति ?

काठमाडौं,
सत्ता गठबन्धनको ११ सदस्यीय सिट बाँडफाँट कार्यदलको बैठक बालुवाटारमा जारी छ । बिहीबार बिहान साढे ९ बजेदेखि कार्यदलको बैठक बसिरहेको कार्यदलका एक सदस्यले जानकारी दिए ।

 

बुधबारको कार्यदल बैठकमा बिहीबार बिहान बैठक बसेर सिट बाँडफाँट सहितको प्रतिवेदन शीर्ष नेतालाई बुझाउने सहमति भएको थियो । कार्यदलमा केही निर्वाचन क्षेत्रमा विवाद नभएपनि समग्रमा कसलाई कति सिट भन्ने कुरामा दलहरुको दाबी अस्वभाविक भएकाले सहमतिमा ढिलाइ भएको नेताहरुको भनाइ छ । कार्यदलले सहमति(असहमति सवै विषय समेटेर प्रतिवेदन तयार गर्ने र सहमति हुन नसकेका विषयमा शीर्ष नेताले नै निर्णय गर्ने तयारी भएको बुझिएको छ ।

मंसिर ४ मा हुने निर्वाचनका लागि निर्वाचन आयोगले असोज २ र ३ गते समानुपातिक तर्फको सुची बझाउने समय तोकेको छ । त्यसअघि प्रत्यक्षतर्फ सिट संख्या र निर्वाचन क्षेत्र टुंग्याउन छलफलमा जुटेको सत्ता गठबन्धन एक महिनासम्म पनि ठोस निष्कर्षमा पुग्न सकेको छैन । प्रतिनिधि सभाको १६५ सिटमा कांग्रेसले सय, माओवादीले ६०, नेकपा एकीकृत समाजवादी र जसपाले २५, २५ सिट दावी गर्दै आएका छन् । त्यस्तै जनमोर्चाले प्रतिनिधि सभामा २ र प्रदेश सभामा ७ सिटको दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित