कञ्चनपुर, पुष ४ । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ को दीगो विकास सम्बृद्धिका लागि परराष्ट्रमन्त्री एनपी साउदले जनप्रतिनिधीसंग संयुक्त छलफल गरेका छन ।
निर्वाचन क्षेत्र २बाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित भएका मन्त्री साउदले आफ्नो निर्वाचन क्षेत्रका तीन स्थानीय सरकारका प्रमुख, उपप्रमुख एव जनप्रतिनिधीसंग संयुक्त छलफल गरेका हुन ।
मन्त्री साउदले कृष्णपुर, शुक्लाफाँटा र बेदकोट नगरका प्रमुख, उपप्रमुखसंग स्थानीय विकास निर्माण बारे छलफल गरेको मन्त्रीका स्वकीय सचिव दिपक जोशीले बताए । मन्त्री साउदका स्वकीय सचिव जोशीका अनुुसार विकास साझेदारी दातृ निकायका प्रतिनिधी सहितसंग छलफल गरेका छन ।
कृष्णपुर नगरका मेयर हेमराज ओझा, शुक्लाफाँटा नगरका मेयर रण बहादुर महरा, बेदकोट नगरका मेयर भोजराज बोहरा सहित तीनै तहका उपप्रमुख सहितका जनप्रतिनिधीहरुको सहभागिता रहेको थियो । संयुक्त छलफलमा मेयरत्रय ओझा, महरा र बोहराले आ–आफ्नो पालिकाको समस्या, योजना बारे केन्द्रीय सरकारबाट माग अघि सारेका छन ।
निर्वाचित भएको बर्षदिनपछि मन्त्री साउदले आफ्नो निर्वाचन क्षेत्रका तीनै तहका जनप्रतिनिधीसंग संयुक्त छलफल गरेर आवश्यकता अनुरुप संघीय सरकारबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।
छलफल सकारात्मक भएको र आ–आफ्नो पालिकामा केही विकास निर्माणका योजनाले गलि लिने क्षेत्र २ का जनप्रतिनिधीको भनाई छ ।
Discussion about this post