निर्माण व्यवसायी संघको सदस्यपदमा बेलडाँडीका कार्की विजयी

बेलडाँडी,

निर्माण व्यवसायी संघ कञ्चनपुरको नयाँ कार्य समिति चयनका लागि हिजो २५ गते भएको निर्वाचनमा जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडीबाट युवा निर्माण व्यवसायी चित्र बहादुर कार्की सदस्य पदमा विजयी भएका छन् ।

जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी, बेलौरी, लालझाडी र पुनर्वास क्षेत्रबाट कार्की संघको सदस्य पदका एक्का उम्मेदवार थिए ।

कार्कीले खुला रुपमा उम्मेदवारी दर्ता गर्दै भुगोलको प्रतिनिधित्वका लागि आफ्नो उम्मेदवारी दिएका थिए । झण्डै डेढ दशकदेखि निर्माण व्यवसायमा लागेका कार्की यस अघि पनि सदस्य पदमा उम्मेदवारी दिएका थिए । पहिलो प्रयासमा असफल भएका कार्की यस पटक भने सफल भएका छन् ।

केदार निर्माण सेवाका निर्देशक कार्कीले पाएको जिम्मेबारी निर्भिकताका साथ आफै फिल्डमा खटिएर सन्तोषजनक गुणस्तरिय काम गर्दै आएका छन । बाबु सहित घरका सबै दाजुभाई सरकारी सेवामा भएपनि उनले निर्माण क्षेत्र रोजेका हुन । निर्माण क्षेत्रबाट समेत समाज र देश विकासका लागि भूमिका निर्वाह गर्न सकिने संकल्प सहित कार्की निर्माण व्यवसायी क्षेत्रमा जुटेका छन ।

बेलडाँडीका स्थानीय समेत रहेका युवा निर्माण व्यवसायी कार्कीलाई यस पटक मतदाताहरुले विजयी गराएका छन् ।

विजयी भएका कार्कीले सम्पुर्ण मतदाता, निर्वाचन समिति, शुभचिन्तक लगायत साथीभाइहरुमा हार्दिक आभार प्रकटगर्दै भने आम निर्माण व्यवसायीको हकहितका साथै दक्षिणी क्षेत्रमा रहेका निर्माण व्यवसायीलाई संघमा ल्याउने बताए । ‘मैले मेरो क्षेत्रबाट आम निर्माण व्यवसायीको हकहितका लागि काम गर्ने छु ।
कार्की लगायत विजयी हुने सदस्यहरुमा दिनेश चन्द, पारश जोशी, हरि सिंह बिष्ट, पदम राज भट्ट, देवी दत्त भट्ट र दिल बहादुर सिंह रहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *