बुदोकैदो फुल कन्ट्यान्टो कराँते संघ बेलौरीले ग्रेडिङ्ग सम्पन्न

57
VIEWS

बेलडाँडी,
नेपाल बुदोकैदो फुल कन्ट्यान्टो कराँते संघ बेलौरी शाखाको ग्रेटिङ्ग सम्पन्न भएको छ ।

शनिबार बेलौरी नगरपालिका ९ रतनपुरमा नेपाल बुदोकैदो फुल कन्ट्यान्टो कराँते संघ बेलौरी शाखाको ग्रेटिङ्ग सम्पन्न भएको हो । नेपाल बुँदोकैदो फुल कन्ट्यान्टो कराँते संघ बेलौरीका प्रमुख सञ्जय रानाले ५० खेलाडीको ग्रेटबृद्धि गरिएको बताए । कार्यक्रममा बुँदोकैदो फुल कन्ट्यान्टो कराँते संघ सुदूरपश्चिम प्रदेशका प्रमुख प्रशिक्षण रघुबिर पार्कीले ग्रामिण भेगबाट खेलकुदको विकास हुने बताए ।

बेलौरी नगरपालिका ९ का वडाध्यक्ष किसन सिह रानाले खेल क्षेत्रको विकासका लागि वडाबाट सहयोग गर्ने बताए । कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेस समन्वय समितिका सदस्य तथा बुँदोकैदो फुल कन्ट्यान्टो संघका सल्लाहका सिरोमणी कुमार ओझाले दक्षिण क्षेत्रको खेलकुद विकासका लागि सहयोगको अपेक्षा राखे ।

कार्यक्रममा प्रशिक्षक पुष्कर धानुक सहितको सहभागिता रहेको थियो । खेलाडीले टाईल फुटाउने, ढुङगा फुटाउने सहित विवित प्रस्तुती गरेका थिए । ९र्औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बेलौरीबाट छनौट भएका ३ खेलाडीलाई सम्मान समेत गरिएको थियो । 

https://www.facebook.com/madan.khatri.73997

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार