समाजवादी कञ्चनपुरले क्षेत्र १मा उम्मेदवार छनौट ग¥यो

206
VIEWS

कञ्चनपुर,

नेपाल समाजवादी पार्टी कञ्चनपुरले क्षेत्र १ बाट उम्मेदवार सिफारिस गरेको छ । आगामी मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि समाजवादीले क्षेत्र १बाट उम्मेदवार सिफारिस गरेको हो ।

पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको नेकपा समाजवादी पार्टीले क्षेत्र नम्बर १बाट उम्मेदवार सिफारिस भएका छन । प्रतिनिधी सभाका लागि १ मा प्रत्यक्ष तर्फ अमर सिह विष्ट, समानुपातिक आरतीदेवी थापा, फुलसोतर राना, सिता कार्की(गुरुङ्ग), अनिता खत्री सिफारिस भएका छन ।

प्रदेश सभा तर्फ १(क) प्रत्यक्ष बलराम राना, रामकिशन राना, समानुपातिक, सत्यदेवी चापागाई, भागरती राना, भीम तामाङ्ग(पाख्रीम) सिफारिस भएका छन । यस्तै प्रदेश १(ख) प्रत्यक्ष मकर ब. थापा र समानुपातिक खुसीराम चौधरी, राजेन्द्र गुरुङ्ग, बिरेन्द्र राना, लक्ष्मी राना सिफारिस भएका छन । क्षेत्र २ र ३मा समेत समाजवादीले छिट्टै सिफारिस गर्ने जनाएको छ ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार