सुदुरपश्चिमेली नेपाली समाज कुवेतको प्रचारप्रसार समितिको संयोजकमा शाही चयन

कुबेत,२८ पुस । सुदुरपश्चिमेली नेपाली समाज कुवेतको प्रचारप्रसार समितिको संयोजकमा कार्य समिति सदस्य तथा सन्चारकर्मी हिक्मत कुमार शाही चयन हुनुभएको छ ।

 

शुक्रबार सस्थाका अध्यक्ष गगन सिंह बिष्टको अध्यक्षतमा कुबेत स्थित फर्मानिया पर्कमा बसेको मासिक बैठकबाट प्रचारप्रसार समितिको संयोजकमा शाही चयन हुनुभएको हो ।

सुदुरपश्चिमेली नेपाली समाज कुवेतको चौथो अधिबेशन सम्पन्न भएपछी केही समिती तथा उपसमिति गठन प्रक्रिया बाकी रहेको थियोे । सुदुरपश्चिमेली नेपाली समाज कुवेतको प्रचारप्रसार समिति गठन प्रक्रिया बाकी रहेको र सस्थाका कामहरूको जानकारी सबै सामु पुगाउनका लागि प्रचारप्रसारको महत्त्वपूर्ण भुमिका रहने भएकाले प्रचारप्रसार समितिको संयोजकमा शाहीलाई नियुक्त गरिएको सस्थाका अध्यक्ष गगन सिंह बिष्टले बताउनु भयो ।

बाकी रहेका अन्य समिति उपसमितिलाई पनि बिस्तारै पुर्णता दिदै जाने अध्यक्ष बिष्टले बताउनु भएको छ ।

प्रचारप्रसार समितिका नवनियुक्त संयोजक हिक्मत कुमार शाहीले समाजमा आवद्ध सम्पुर्णमा धन्यवाद ज्ञापन गर्नुभएको छ ।

यस्तै सम्पूर्णको सुझाव सल्लाहलाई आत्मसात गर्दै,दिईएको जिम्मेवारी सफलता पुर्वक सम्पन्न गर्न आफ्नो तर्फबाट हुने सबै कर्तव्य पूरा गर्ने बिश्वास दिलाउदै, समाजमा आवद्व सबैको भरपुर साथ,सहयोग र सुझाव सल्लाह अनुसार नै अगाडि बढ्ने संयोजक शाहीले बताउनु भएको छ ।

सुदुरपश्चिम प्रदेश,अछाम जिल्ला, तुर्माखाद गाउपालिका वडा नम्बर ०८ धमालीका शाही बिगत ०८ वर्ष देखि पत्रकारिता क्षेत्रमा सकृय रहदै आउनुभएको छ । सामाजिक कार्यमा पनि सकृय शाही यतिबेला रोजगारीको सिलसिलामा कुबेतमा रहनु भएको छ ।

यस्तै लामो समय देखि रोजगारीको सिलसिलामा कुबेतमा रहनुभएका सुदुरपश्चिमेली नेपाली समाज कुवेतका महासचिव बद्री न्यौपानेको पनि मासिक बैठकमा बिदाई गरिएको छ । केही दिनपछि जन्मभूमि नेपाल फर्किन लाग्नु भएका न्यौपाने लामो समय देखि सस्थामा जोडिदै विभिन्न पदमा सक्रिय रहेर काम गरिरनु भएको थियो ।

गरेका कामको उच्च मुल्यांकन गर्दै, सम्मान पत्र प्रदान र खादा ओढाएर स-सम्मान सहित बिदाइ गरिएको बताईएको छ । मासिक बैठकमा सस्थाका संरक्षक, सल्लाहकार र कार्यसमितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित