कञ्चनपु्र, पुष २८। कञ्चनपुरको बेलडाँडी गाँउपालिका- २ चवन्नी बजारमा केन्द्रीय कार्यालय रहेको सिद्धबैजनाथ बहुउदेश्यीय सहकारी संस्थाको बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
शनिबार एक कार्यक्रमका विच बेलडाँडी गाँउपालिका २चवन्नी बजारमा केन्द्रीय कार्यालय रहेको सिद्धबैजनाथ बहुउदेश्यीय सहकारी संस्थाको १८औँ बार्षिक साधारण सभा सम्पन्न भएको हो ।
सिद्धबैजनाथ बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष क्षितिज भट्टले आगामी दिनमा सहकारीले थप सेवा विस्तार गर्ने योजनाका साथ साधारण सभा सम्पन्न गरेको बताए ।
कार्यक्रममा सहकारीका सचिव सचिन कठायतले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै देशैभरीका सहभागिहरुमा संकट उत्पन्न भएपनि युवाहरु नेतृत्वको सहकारी अघि बढिरहेको बताए ।
कार्यक्रमका बिशिष्ठ अतिथि बेलडाँडी गाँउपालिका प्रवक्ता गज बहादुर विष्ट, प्रमुख अतिथि बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र रानाले सहकारीले थप कार्यक्रम संचालन गरेर किसानलाई सुविधा दिनुपर्नेमा जोडदिए ।
Discussion about this post