बेलडाँडीको झिलमिलामा झुण्डिएको अवस्थामा एक युवा मृत फेला

बेलडाँडी । बेलडाँडी गाउँपालिका वडा नं.५ झिलमिलामा एक युवा घर भित्र झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । तल्लो झिलमिला आफ्नै घरमा हरिलाल खडका बर्ष ३५,३६ का युवा झुण्डिएको अवस्थामा फेला परेका हुन ।

 

आज दिउँसो करिब १२ः३० बजे तिर आफ्नै कच्ची घरको थडा माथी झुण्डिएको अवस्थामा परिवारले फेला पर्दा प्रहरीलाई खवर गरिएको थियो । अहिले घटना स्थलमा बेलडाँडी प्रहरीको टोली पुगि मुचुल्का उठाइरहेको छ । घटना कसरी घटेको हो भन्ने बिषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको बेलडाँडी प्रहरी प्रमुख प्रहरी निरीक्षक कृष्ण बहादुर कुवरले जानकारी गराउनु भयो । बेलडाँडीमा आत्महत्याका घटना दिन प्रतिदिन बढी रहेकोले चिन्ताको बिषय बनेको छ । पछिल्ला केहि महिनामै बेलडाँडीमा ६,७ आत्महत्याका घटनाहरु भइसकेका छन् ।

आत्महत्या गर्ने सोच आइरहेका व्यक्ति चिन्न सकिन्छ र उनीहरूलाई त्यो भयावह घटनावाट बचाउन सकिन्छ भन्ने विषय धेरैलाई थाहा छैन । यसकै कारण धेरैले अकालमै जीवन गुमाउनु परेको छ । तर मनोचिकित्सक तथा विज्ञहरूले कुनै पनि कारणले आत्महत्या गर्ने सोच आएका व्यक्तिलाई बचाउन सकिने बताएका छन् ।

आत्महत्या गर्ने व्यक्तिले कुनै न कुनै रूपमा यो सोच आएको विषयमा संकेत दिने र यो समयमा परिवार, साथीभाइको सानो सहयोगले कुनै पनि व्यक्तिलाई बचाउन सकिने विज्ञहरूको सुझाव छ ।

आत्महत्या गर्न खोजेको व्यक्तिले आफन्त तथा साथीहरूसंग निराशावादी कुरा गर्ने,आत्महत्याको बारेमा कुनै कुरा गर्ने, मर्न मन छ जस्ता कुरा गर्न थालेका हुन्छन् । यी र यस्ता कुरा गरिरकेको व्यक्तिको सोच क्षणिक रूपमा आउने र त्यो बेलामा नजिक रहेका आफन्तले उनीहरको कुरामा गम्भीर भई सुन्ने र सोहीअनुसार व्यवहार गरेमा उनीहरूलाई रोक्न सकिन्छ ।

चिकित्सकका अनुसार यस्तो बेलामा उनीहरूलाई सहानुभूति दिने, मद्दत गर्ने, स्थितिलाई गम्भीर रूपमा लिने र जोखिम आँकलन गर्ने, आत्महत्या,अन्य उपाय खोज्न सकिन्छ । यस्ता व्यक्तिलाई आत्महत्याको बारेमा सोध्ने, आत्महत्या गर्न मद्दत गर्ने साधन डोरी, खुकुरी, बिषादी पदार्थ नजिक छन् भने तिनलाई हटाउने, उनको बारेमा परिवारलाई जानकारी दिने, धेरै जोखिम छ भने कहिल्यै एक्लै नछोड्ने जस्ता उपाय अपनाउन सकिन्छ ।

कुनै न कुनै मनोसामाजिक तथा कडा मानसिक रोगको कारण व्यक्तिहरूमा आत्महत्याको सोच आउने हुनाले तत्कालै मनोचिकित्सकको सम्पर्कमा पु¥याउन सकिन्छ । जोखिम समयमा उद्धार गरेर यस्ता व्यक्तिलाई आवश्यक उपचार, परामर्श, सहानुभूति पाएमा उनीहरूको मनोसामाजिक तथा अन्य रोगहरू निको भएमा उनीहरूमा पुन आत्महत्याको सोंच नआउने डक्टरहरु बताउँछन ।

आत्महत्याको सोच आए ११६६ मा फोन गर्नु

नेपामला आत्महत्याको दरमा कमी आउन नसकेपछि सरकारले आत्महत्याको प्रयास गर्न खोजेका व्यक्तिलाई तत्काल उद्दार गर्नको लागि मानसिक अस्पतालमा चौविसै घण्टा संचालनमा हुने गरी ११६६ हटलाइन फोन नम्वर उपलब्ध गराएको छ । यो नम्वरमा विरामी स्वयंले फोन गर्न नसकेमा आफन्तले फोन गरेर सेवा तथा परामर्श लिन सकिने व्यवस्था गरिएको छ । यो नम्बरवाट आवश्यक मनोपरामर्शदाता, तथा मानसिक चिकित्सकसम्म पुग्ने सेवाहरू उपलब्ध हुने व्यवस्था छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित