भीनपा १०का वडा सदस्य गिरीद्वारा विपन्न बालबालिकाहरूलाई  न्याना कपडा वितरण

15
VIEWS

कञ्चनपुर । कञ्चनपुरकोभ भीमदत्त नगरपालिका १०का वडा सदस्य हर्कराज गिरीले विपन्न दलित समुदायका बालबालिकालाहरुलाई न्याना कपडा वितरण गरेको छ ।
काँग्रेस स्थानीय नेता समेत वडा सदस्य गिरीले आफ्नी धर्मपत्नी मङला देवी गिरीको जन्मदिनको अवसरमा विपन्न दलित समुदायका बालबालिकालाहरुलाई न्याना कपडा वितरण गरेको हो ।

काँग्रेस नेता गोकर्ण महराले वडा सदस्य गिरीले वडामै रहेको विष्णु मन्दिर आधारभूत विद्यालय तिल्केनीका विद्यार्थीलाई न्याना कपडा वितरण गरेको बताए । आर्थिक रुपमा विपन्न दलित समुदायका विद्यार्थीको पठन पाठनमा सहजताका लागि श्रीमतीको जन्मदिनको अवसर पारेर विपन्न दलित विद्यार्थीलाई न्याना कपडा वितरण गरेको वडा सदस्य गिरीको भनाई छ ।

वडा सदस्य गिरीले आफ्नो खुसी आफुहरुसंग साँटासाँट गरेको भन्दै विपन्न दलित समुदायका विद्यार्थी हर्षित भएका छन ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार