भालुको आक्रमणबाट डोटीमा एक महिला घाइते,

डोटी : 

डोटीमा शनिबार दिउँसो जंगलमा घाँस काट्दै गरेकी एक महिलालाई भालुले आक्रमण गरी घाइते बनाएको छ।

शनिबार दिउँसो भालुको आक्रमणबाट आदर्श गाउँपालिका–२ कुचेडाकि २४ वर्षीया देउसरा बोहरा घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी सिताराम विष्टले जानकारी गराएका छन् । विष्टका अनुसार भालुको आक्रमणबाट बोहराको बायाँ हात, दाहिने खुट्टा र कम्मरमा चोट लागेको छ।

घाइते महिलालाई थप उपचारका लागि मौवा स्वास्थ्य चौकीबाट सेती प्रादेशिक अस्पताल धनगढी रिफर गरिएको प्रहरीले बताएको छ। गत महिनामात्र केआईसिंह गाउँपालिकामा भालुको आक्रमणमा परी १ महिलाको मृत्यु भएको थियो भने एक जना घाइते भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित