पत्रकारले होली खेलेको रकमबाट अनाथालयमा शैक्षिक र खेलकुद समाग्री सहयोग

48
VIEWS

केशब थापा/कञ्चनपुर । कञ्चनपुरका पत्रकारहरुले यस बर्ष होली खेलेको रकमबाट बाल अनाथालयमा सहयोग गरेका छन । विभिन्न संचार माध्ययमा कार्यरत जिल्लाका पत्रकारहरुले होली खेलेर महेन्द्रनगरको अनाथालयमा शैक्षिक तथा खेलकुद समाग्री सहयोग गरेका हुन ।

जिल्लाका कृयाशिल पत्रकारहरुले होली खेलेको रकमबाट भीमदत्त नगरपालिका ४महेन्द्रनगरको समाजकल्याण बाल अनाथालयमा शैक्षिक समाग्री सहयोग गरेको पत्रकार भाष्कर केसीले बताए ।

पत्रकार केसीका अनुसार बुधबार एक कार्यक्रमका विच पत्रकारहरुको उपस्थितिमा अनाथालयमा शैक्षिक तथा खेलकुद समाग्री एव मिठाई खाद्यान्न वितरण गरेका छन ।

समाजिक कार्य गर्ने उदेश्यका साथ अनाथालयमा होलीबाट संकलन भएको रकमबाट सक्दो सहयोग गरिएको उनले बताए ।

नेपाल पत्रकार महासघ शाखा कञ्चनपुरका सचिव राजेन्द्र प्रशाद अवस्थीले अनाथालयका अध्यक्ष दयाकृष्ण जोशीलाई शैक्षिक तथा खेलकुद समाग्री हस्तान्तरण गरेका छन ।

नियमित कामका साथै पत्रकारहरुले एकातिर होली पर्व खेलेर धर्म संस्कृतिको सरक्षण अर्कातिर समाजिक काम गरेको भन्दै समाजका अगुवाहरुले पत्रकारहरुप्रति आभार प्रकट गरेका छन ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार