केशव थापा १४ चैत। कञ्चनपुरको महेन्द्रनगर सुप विश्व विद्यालयको प्राङगणमा विद्यार्थी संगठनले अधिवेशनको पूर्व सनध्यामा फुटबल खेल शुरु गरेको
छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी निकट कञ्चनपुर राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले सुदूरपश्चिम विश्व विद्यालयको प्राङ्गणमा बुधबारदेखि आयोजित फुटबल शुरु भएको हो ।
राप्रविवि अध्यक्ष शुभम् चन्दको अध्यक्षतामा प्रमुख अतिथि राप्रपा सुप अध्यक्ष धर्मराज जोशी रहेका थिए भने विशिष्ट अतिथिमा कुम्भ बहादुर चन्द, ईन्जिनियर तोरण प्रसाद भट्ट,कञ्चनपुर नाई संघका अध्यक्ष भुपेन्द्र भण्डारी , राष्ट्रिय प्रजातन्त्र पार्टी युवक संगठनकी जिल्ला उपाध्यक्ष मीना चन्द, लगायतका विभिन्न व्यक्तिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रम सञ्चालन पूर्व राप्रपा विध्यार्थी संगठनका जिल्ला अध्यक्ष नरेश कार्कीले गर्नु भएको थियो ।
विद्यार्थी संगठनले यहि १९ गते कञ्चनपुर जिल्ला अधिवेशन गर्न लागेको छ भने उक्त आयोजित खेलको लागि १४ वटा फुटबल टिम दर्ता भईसकेको सुदूरपश्चिम विश्व विद्यालय राप्रवि संगठनका खेल संयोजक तथा अध्यक्ष शुभम् चन्दले बताए ।
आज (बुधबार) देखि शुरु भएको खेलमा सिद्धनाथ विज्ञान क्याम्पस ÷सार्क क्याम्पस ३–०,कैलाली बहुमुखी क्याम्पस÷साधारण मावि ३–०,ईन्टरनेश्नल पव्लीक ÷उदयदेव मावि ०–० टाईव्रेकर ४–२ गरी खेल भएका थिए भने ६ दिन सम्म फुटवल खेल चल्ने चन्दले बताए । यसै गरी पहिलो हुने टिमलाई ५० हजार, दोस्रोलाई २० हजार नदग पुरस्कासंगै ट्रफि र मेडल प्रदान गरिनेछ । अन्य खेलाडीहरुलाई सान्त्वना पुरस्कार रहेको चन्दले बताए ।
विग एजुकेसन कन्सल्टेन्सीका सञ्चालक तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका कञ्चनपुर खेल संयोजक सुमन भट्टले खेलको लागि आफ्नो तर्फबाट ट्रफि र मेडल सहयोग गरेका छन ।
Discussion about this post