बेलौरी । कञ्चनपुरको बेलौरी उद्योग वाणिज्य संघको पाँचौँ साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभाले संघको नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गर्दै अध्यक्षमा प्रकाशराज पन्तलाई निर्वाचित गरेको हो ।
साधारणसभाबाट वरिष्ठ उपाध्यक्षमा महेन्द्र सिंह बडाल, उद्योग उपाध्यक्षमा राजेन्द्रबहादुर चन्द, वाणिज्य उपाध्यक्षमा वसन्त पुन मगर, महासचिवमा रामेश्वर न्यौपाने तथा सचिवमा रिता चौधरी सर्वसम्मत चयन भएका छन् ।
त्यसैगरी सदस्यहरूमा कैलाश सिंह बिष्ट, यमबहादुर खत्री, विष्णुमाया अर्याल, बासुदेव भट्ट (शीतल), दिनेश चौधरी (बखरिया), अलोना श्रेष्ठ, तारा सिंह बिष्ट र अशोक चौधरी चयन भएका छन् ।
बेलौरी उद्योग वाणिज्य संघको सभाहलमा आयोजित साधारणसभाको अध्यक्षता संघका अध्यक्ष हिरा सिंह बिष्टले गरेका थिए । कार्यक्रममा उद्योग वाणिज्य संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष पुष्पराज कुँवर प्रमुख अतिथि तथा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर ओझा विशेष अतिथिका रूपमा सहभागी थिए ।
यस्तै, कञ्चनपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिपेन्द्रप्रकाश साउद, बेलौरी नगरपालिका–४ का वडाध्यक्ष अर्जुन ढकाल, संघका पूर्वअध्यक्षहरू टेकबहादुर साउद, आत्मराम दाहाल, धनेशदत्त पन्त, लक्ष्मीनारायण चौधरी लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, उद्योगी, व्यवसायी तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
साधारणसभामा संघका कोषाध्यक्ष महेन्द्र सिंह बडालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । निर्वाचन मण्डलमा नारायण सिंह ऐरी, शेरबहादुर बिष्ट र विष्णुप्रसाद तिवारी रहेका थिए।
साधारणसभाले व्यवसायीहरूको हकहित संरक्षण, स्थानीय व्यापार प्रवद्र्धन तथा आर्थिक गतिविधिलाई थप सशक्त बनाउने प्रतिबद्धतासहित नयाँ नेतृत्व चयन गरेको जनाएको छ।
नव निर्वाचित अध्यक्ष पन्तले बेलौरी भन्सार संचालनका लागि पहिलो प्राथामिकता रहने जनाएको छन् । यस्तै निर्वाचित टिमलाई बधाई दिनेको ओइरो लागेको छ ।
नेपाली काँग्रेस क्षेत्रीय सभापति गोपी प्रसाद उपाध्यायले पन्तको घरमै पुगेर बधाई तथा शुभकामना प्रदान गरेका छन् ।






















Discussion about this post