सांसद दिपक बोहरा नेतृत्वको ससदीय टोलीद्वारा कञ्चनपुर कारागार, अख्तियार, सुख्खाबन्दको अनुगमन

कञ्चनपुर । सासद दिपक राज बोहरा नेतृत्वको ससदीय टोलीले कञ्चनपुर कञ्चनपुर कारागार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, दोधाराचाँदनीमा बन्न लागेकोे सुक्का बन्दरगाहकोस्थतगत अनुगमन गरेको छ ।

ससदीय टोलीले कञ्चनपुर कञ्चनपुर कारागार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, दोधाराचाँदनीमा बन्न लागेकोे सुक्का बन्दरगाहकोस्थतगत अनुगमन गरेको हो ।
ससदको राज्य व्यवस्था समितिका सदस्य समेत रहेका सासदत्रय दिपकराज बोहरा, रेखा कुमारी यादव, सुरेन्द्र चौधरी समक्ष कैदीबन्दीले गुनासै गुनासो पोखेका छन । सासदत्रय यादव, चौधरी, बोहराले कारागारका कैदीबन्दी समक्ष भेटघाटदेखि सबै क्षेत्रको स्थलगत अनुगमन गरेका हुन ।

स्थलगत अनुगमन गर्र्दै सासद दिपकराज बोहराले कारागारमा जानीनजानी मानिसबाट हुने गल्तीको सजाय तथा सुधारका लागि मात्रै राख्ने गरेको स्पष्ट पारेका छन । ‘यो एक राज्यको सुधार गर्ने योजना हो, कुनैपनि मानिसले जानेर गल्ती गर्दैन, नजानेरै हुन्छ, तपाईहरु मध्येपनि कतिपय यसरीले यहाँसम्म पुगेको हुनुपर्छ, हामीले नागरिक हकका लागि नीतिगत रुपमा गर्ने काम गछौँ, ‘उनले भने, ‘तपाईहरुले पनि एक पटक भएको गल्ती फेरी फर्किएर गर्ने होईन, आफुलाई सुधार गर्नुपर्छ, ‘उनले भने, ‘समग्र कैदीबन्दीका समस्या अध्ययन गरेर कारागार सुधारका लागि हामीहरुले सरकारलाई योजना सहित सुझाव दिन्छौँ ।’ सासद बोहराले कुनैपनि कैदीबन्दीमाथि आउने समस्या तत्तकालन समाधानका लागि जेलर, प्रशासन सहितका निकायलाई निर्देशन समेत दिएका छन ।

कारागार व्यवस्थापन, अड्डासार, उपचारदेखिका सेवा सुविधा समान वितरणको माग अघि सारेका छन । पञ्चायतकालमा निर्माण भएको कारागार जिर्णकोत्तर भईरहेकाले शिघ्र नयाँ भवनको माग अघि सारेका हुन । कैदीबन्दी दान बहादुर ठगुराठीले कारागार भवन पुरानो हुँदा ईटा समेत खस्ने गरेको दुखेसो पोखे ।

‘यो कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी छन, ‘उनले भने, ‘दैनिक व्यवस्थापनमा पनि समस्या हुँदै आएको छ ।’ सुत्ने,बस्ने, खानेदेखि शैचालय लगायतका दैनिक थुप्रै समस्या रहेको बताए । कुनै कैदीबन्दी ५ हजार नहुँदा जेलबस्नुपर्ने बाध्यता भएकाले कतै बिरामी भएपछि झन समस्यामा पर्दै आएको बताउँदै उपचारमा समेत ध्यान दिनुपर्नेमा जोडदिए ।

आम माफि सहितका कार्यक्रम संचालन गरेर कैदीबन्दीहरुलाई समेत उत्पादनका कार्यक्रममा सहभागिता गराउनुपर्ने माग अघि सारेका छन । अर्का कैन्दीबन्दी पवन भट्टले अनाधिकृत रुपमा मुद्दामाथि मुद्दा लगाएर मानिसलाई दुख दिने हिसाबले कारागार पुग्ने विषय चित्रण गर्दै प्रहरी अनुसन्धानबाटै दोषि ठहर नभए अदालत मुद्दा पु¥याउन नहुने सुझाव दिएका छन । सवारी ज्यानका कैदीबन्दीहरुले समान्य त्रृटीले आफुहरुमाथि अन्याय भएको दुखेसो पोखेका छन ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोईरालाले भित्र अनुशासनपुर्वक बसेर समाजमा पुर्नस्थापनादेखिका समुदायमा गएर सीपमुलक कार्यक्रम गर्ने उन्मुख हुन सुझाव दिए । सिडिओ कोईरालाले आफ्नो तहबाट कारागारमा गर्न सक्ने सहयोग गर्ने बताए । जेलर हेमन्ती साउदले पछिल्ला दिनहरुमा विगतको जस्तो वाद विवाद उत्पन्न भएको बताउँदै क्रमिक सुधार आईरहेको बताईन ।

उनले समग्र कारागार सुधार कैदीबन्दीका समस्या समधानका लागि ससदको कारागार व्यवस्थापन विभाग र सासदको टोलीलाई लिखित जानकारी गराउने बताईन । क्षमता भन्दा बढी कैदीबन्दी भएको कञ्चनपुर कारागारमा विगतमा वादविवाद भएपनि अहिले शान्त रहेको जेलर साउदको दावि छ ।

शुक्रबारै उक्त ससदीय टोलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा समेत स्थलगत अनुगमन गरेको छ । स्थलगत अनुगन गर्दै नीतिगतदेखिका अन्य सबै प्रकृतिका भ्रष्टाचार रोकथामका लागि अख्तियार सकृय हुनुपर्नेमा जोडदिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित