बेलौरीमा डे नाइट भलिबल प्रतियोगिताकाे पुर्ण तयारि 

कञ्चनपुरको बेलौरीमा डे नाइट भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ । बेलौरी नगरपालिका वडा ७ खेलकुद सञ्चालन समितिको आयोजना र बेलौरी नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयको आर्थिक सहयोगमा आज साँझ ५ बजेबाट सुरु हुने भलिबल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ।

४० वर्ष उमेर माथिका पुरुष खेलाडीहरूबिच हुने डेनाइट पुरुष भेट्रान कप भलिबल प्रतियोगिता बेलौरी नगरपालिका वडा नम्बर ७ पौलाहको कल्याण माध्यमिक विद्यालयको प्राङ्गणमा सञ्चालन हुने छ ।

प्रतियोगितामा बेलौरी नगरपालिकाबाट ५ टिम तथा पुनर्वास नगरपालिका, बेलडाँडी गाउँपालिका र लालझाडी गाउँपालिकाबाट १।१ टिम गरी जम्मा ८ वटा टिमको सहभागिता रहने पुरुष भेट्रान कप पुरुष भलिबल प्रतियोगिताका संयोजक तेज बहादुर चन्दले जानकारी दिएका छन्।

प्रतियोगितामा पुरस्कार स्वरूप प्रथम हुने टिमले रु। २५ हजार  द्वितीय टिमले रु। १५ हजार  तृतीय हुने टिमले रु। ५ हजार प्राप्त गर्ने संयोजक चन्दले बताउनु भयो । प्रतियोगिता यही चैत २५ गतेसम्म सञ्चालन गरिने छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *