बेलडाँडी । बेलडाँडी गाउँपालिका उपाध्यक्ष शान्ति नाथले भैसी पालक किसानबाट कमिसन मागेको आरोपलाई लिएर बेलडाँडीमा तीन दिन देखि निकै आन्दोलन तातेको छ । लगातर तीन दिन देखि पालिका उप्रमुख शान्ति नाथलाई पालिका प्रवेशमा रोक लगाइएको छ । दुई दिन सम्म आन्दोलनको डरले पालिका नआएकी उपाध्यक्ष तेस्रो दिन पालिका प्रबेश गर्न खोज्दा उनलाई गेटबाटै आन्दोलनकारीले लखेटिदिएका छन् ।
५ राजनितिक दल सहित स्थानीयले उनको चर्को आलोचना गर्दै उनले गरेका कर्मकाण्डको भण्डाफोर गरेका छन् । उनीहरुले विवाद किनारा नलागुन्जेल सम्म उपाध्यक्ष नाथको जिम्मेवारी विहिन बनाई अहिले पालिकाले लिनुपर्ने बताएका छन् ।
आर्थिक बर्ष अन्त्य चलिरहेकाले अझै योजना सम्पन्न हुदा निर्माण व्यवसायी तथा उपभोक्ता बाट कमिसन माग्ने हुल्ला समेत सुनिएको जनाउदै यस्ताबाट अझै पालिकालाई खतरा हुन सक्ने भन्दै जिम्मेवारी विहिन गरेर पालिकाको काम कार्वाही अघिबढाउन पालिकालाई सुझाव दिएका छन् । यदि पालिकाले उनलाई पुनः जिम्मेवारी दिइराख्छ भने कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
हेर्नुस् (भिडियो सहित)
Discussion about this post