बेलडाँडी । बेलडाँडी गाउँपालिका उपाध्यक्ष शान्ति नाथले गरेको कर्मकाण्डी विरुद्धको आन्दोलन असाढ मसान्तलाई मध्यनजर गर्दै स्थगित गरिएको छ । असाढ मसान्तमा धेरै फरफारकका काम भएकाले सेवाग्राहीले दुःख नपाउने भन्ने उदेश्यले आन्दोलन स्थगित गर्न बाध्य भएको नेकपा एमाले बेलडाँडी अध्यक्ष प्रेमराज खातीले जानकारी गराउनु भयो ।
उहाँका अनुसार बेलडाँडी उपाध्यक्ष शान्ति नाथले बेलडाँडी गाउँपालिका वडा नं.३ मा रहेको जमुना गाईभैसी कृषक पालन समूहबाट मैले प्रदेश सरकारबाट ४० लाख हालिदिएको भन्दै १६ लाख कमिसन मागेको समूहले आरोप लगाएको छ । समूहले महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै यस्तो ज्यादती रोकिदिन आग्रह गरेका थिए ।
भैसी भाडामा ल्याएर देखाउनला पास गर्ने जिम्मा मेरो भनेर किसानलाई भैसी किन्न रोकेका उनले भुक्तानी नभएपछि समूहले पुनः भैसी किन्नुपरेपछि पैसा कत्ति नबचेको जनाएपछि । कार्य सम्पादन हुने बेला उपाध्यक्ष नाथले हाकिमहरुलाई दिने चेक देउ भनेर ब्याक्तिगत चेक मागेका थिए भने आफुलाई बहिनी सम्झेर ४ लाख दिनु होला भन्दै दवाव र तनाव दिन थालेपछि यो कुरा मिडियामा आएको हो ।
आज पालिका संग बसेको ५ दलिय गठवन्धनले पालिकामा जनताको कामको चापाचाप भएकाले आफुहरुको आन्दोलनले अरुले दुःख नपाउन भनेर स्थगित गरिएको छ । आर्थिक बर्ष समाप्ति संगै पुनः कसरी जाने भन्ने बिषयमा छलफल गर्ने जनाइएको छ ।
Discussion about this post