किसान मध्यवर्ती सामुदायिक वन बेलडाँडीको २ कार्यकाल निर्विरोध अध्यक्ष बनेका खडका सहित एमालेका खाटी नेता रावतलाई चुनावी प्रक्रियाबाट उपभोक्ताले पुर्याए बारीको पाटामा

बेलडाँडी, १६ भाद्र । कञ्चनपुरको बेलडाँडीमा रहेको बागेश्वरी उपभोक्ता समिति अन्तर्गत किसान मध्यवर्ती सामुदायिक वनको हिजो सनिवार भएको मतदान प्रकियाबाट दुई कार्यकाल निर्विरोध वनको अध्यक्ष खाइसकेका देव बहादुर खडका र एमालेबाट क्षेत्रपाल बनिसकेका बेलडाँडीका एमाले खाटी नेता लाल बहादुर रावतलाई मतदाताले बारीको पाटामा पुर्याइएिका छन् ।

निर्वतमान अध्यक्ष खडकाले तेस्रो कार्यकालका लागि समेत आफुले अध्यक्ष बन्ने अडान नछोडेपछि चुनावी प्रक्रिया अघि बढेको थियो । शनिवार विहान ८ बजेदेखि शुरु भएको मतदान प्रक्रिया साझ ५ बजे सम्पन्न भएको थियो । कुल १ हजार ५० मतदाता मध्ये ७ सय ५८ मत खसेको निर्वाचन संयोजक मोहन प्रसाद बडुले पश्चिम समाचारलाई जानकारी गराउनु भयो । उहाँका अनुसार समितिको विद्यान अनुसार निर्वाचन सम्पन्न गराइएको बताउनु भयो । ७ सदस्य खुल्लाका लागि भएको मतदानमा ९ जना उम्मेदवार सहभागि भएका थिए ।

जस अनुसार धन बहादुर रोकाया–५४२, नरेन्द्र रोकाया–५३८, पनाराम चौधरी–५३५, रामचन्द्र चौधरी–५२५, मक्कर ब मगर–५११, बिजेन्द्र डगौरा–५०७, किशोर चौधरी – ४९७ मत प्राप्त गर्दै विजयी भएका थिए भने देब बहादुर खडका– २७२ र लाल बहादुर रावत–२६८ मत प्राप्त गर्दै हार बेहोर्नु परेको थियो । जस अनुसार ७५७ मतमा १६ मत बदर भएका थिए । ७ जना महिला र १ जना अल्पसंख्यक, तथा दलित जनजातिबाट हिजो नै निर्विरोध भइसकेका थिए ।

कुल १५ जना सदस्यहरु मध्येबाटै पदाधिकारी चयन हुने विद्यान अनुसार प्रक्रिया अघिबढेको संयोजक बडुले बताउनु भयो । बेलडाँडी वडा नं.४ मा रहेको लिटिल स्टार स्कुलमा मतदान भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित