बेलडाँडीको किसान मध्यवर्ती सामुदायिक वनको मतदान सम्पन्न, मतगणना शुरु गरिदै

बेलडाँडी, १५ भाद्र । कञ्चनपुरको बेलडाँडीमा रहेको बागेश्वरी उपभोक्ता समिति अन्तर्गत किसान मध्यवर्ती सामुदायिक वनको मतदान प्रकिया सम्पन्न भई मतगणनाको तयारी पुरा भएको छ । वनको अध्यक्ष पदमा सहमति नभएपछि निर्वाचन प्रक्रिया अघि बढाइएको थियो ।

शनिवार विहान ८ बजेदेखि शुरु भएको मतदान प्रक्रिया साझ ५ बजे सम्पन्न भएको थियो । कुल १ हजार ५० मतदाता मध्ये ७ सय ५८ मत खसेको निर्वाचन संयोजक मोहन प्रसाद बडुले पश्चिम समाचारलाई जानकारी गराउनु भयो । उहाँका अनुसार समितिको विद्यान अनुसार निर्वाचन सम्पन्न गराइएको बताउनु भयो । हामीले समाचार तयार गर्दा सम्म मतगणनाका लागि आचारसंहिता तयार गरिसेको बताउदै केहिछिन भित्रै मतगणना शुरु गरिने बताउनु भयो । ७ सदस्य खुल्लाका लागि भएको मतदानमा ९ जना उम्मेदवार सहभागि भएका थिए । ७ जना महिला र १ जना अल्पसंख्यक, तथा दलित जनजातिबाट हिजो नै निर्विरोध भइसकेका थिए ।

कुल १७ जना सदस्यहरु मध्येबाटै पदाधिकारी चयन हुने विद्यान अनुसार प्रक्रिया अघिबढेको संयोजक बडुले बताउनु भयो । बेलडाँडी वडा नं.४ मा रहेको लिटिल स्टार स्कुलमा मतदान भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित