कोशी प्रदेशका पूर्वमुख्यमन्त्री कार्की पुनः अनसनमा

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले पुनः अनसन बस्न थालेका छन्।

मंगलबार निषेधित क्षेत्रमा अनसन बसेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर घरमा पुर्‍याइदिएपनि कार्की राति नै फर्किएर पुनः अनसनमा बसेका छन् ।अहिले उनी विराटनगरस्थित अदालत जाने बाटोमा अनसन बसेका छन्।

आफू मुख्यमन्त्री हुँदा ल्याएको १० वर्ष मुनिका बालबालिकाको निस्शुल्क उपचार योजना हालका मुख्यमन्त्री हिक्मत कार्कीले कटौती गरेको भन्दै पूर्वमुख्यमन्त्री कार्की मंगलबार प्रदेशसभा भवन नजिकै अनसन बसेका थिए।

प्रदेशसभा भवन आसपास निषेधित क्षेत्र तोकिएका कारण प्रहरीले उनलाई त्यहाँ नबस्न भनेको थियो।

त्यसका बाबजुद पनि कार्कीले अनसन जारी राखेपछि प्रहरीले उनलाई त्यहाँबाट हटाउने प्रयास गर्दा कार्यकर्ताहरूले रोक्ने प्रयत्न गरेका थिए।

त्यसक्रममा प्रहरीले लाठीचार्ज नै गरेको कार्कीका कार्यकर्ताहरूले बताएका थिए।प्रहरीले कार्कीलाई नियन्त्रणमा लिएर बुढीगंगा गाउँपालिका(२ स्थित उनको घर पुर्‍याइदिएको थियो।

तर कार्की मंगलबार राति नै फर्किएर फेरी उनले अनसन थालेका हुन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *