कञ्चनपुरबाट एक लाख भन्दा बढीको भन्सार छलि ल्याएको अवैध सामान बरामद गरिएको छ । भीमदत्त नगरपालिका–४, भीमदत्त–१० गड्डाचौकी, र पुनर्वास नगरपालिका–४ कार्किलडाँडाबाट भन्सार छलि ल्याएको सामान बरामद गरेको प्रहरीले
बताएका छन् ।
भारतबाट भन्सार छलि गरेर ल्याएका अन्दाजी १ लाख ६४ हजार बराबरको सामान बरामद गरिएको छ । बरामद गरेका सामान सुर्ती, थान कपडा, सुटपिस, कुर्ता सुरवाल, हार्डवेयर लगायतका सामान प्रहरीले कारबाहीको लागि भन्सार कार्यालय पठाएको छ ।
Discussion about this post