कैलाली:
कैलाली खाद्य व्यवस्था तथा व्यापार कम्पनी, सुदूरपश्चिमले सहुलियत पसल सञ्चालन गरेको छ कैलालीको धनगढीको मेनरोडको बिक्री केन्द्र र मोहनपुर गेटको गोदामबाट सहुलियत मूल्यमा चामल बिक्री थालेको छ ।खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैँ, तिहार र छठको उपलक्षमा सहुलियत मूल्यमा दुई स्थानमा पसल सञ्चालन गरेको छ।
कम्पनीले २०८१ असोज ७ गतेदेखि माघ २ गतेसम्म सहुलियत मूल्य पसल सञ्चालन गर्ने भएको छ। कम्पनीले अरुवा मोटा चामलको मूल्य प्रति किलोग्राममा पाँच रुपैयाँ छुट गरेर ५८ रुपैयाँ निर्धारण गरेको छ।
२५ किलोग्राम अरुवा मोटा चामलको एक हजार चार सय ५० रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।खाद्यले जिरा मसिनो चामलको प्रति किलोग्राम ८९ मूल्य निर्धारण गरेको छ। २५ किलोग्राम जिरा मसिनो चामलको मूल्य दुई हजार दुई सय २५ रुपैयाँ निर्धारण गरिएको छ।
सोना मन्सुली चामलको मूल्य ६० रुपैयाँ निर्धारण गरिएको छ। सोना मनसुनी चामलको २५ किलोग्रामको मूल्य एक हजार पाँच सय निर्धारण गरिएको छ।
Discussion about this post