सिंचाई र चौधर नदिको समस्या समाधानका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) बेलडाँडीमा

बेलडाँडी, ७ असोज । सिंचाई र चौधर नदिको समस्या समाधानका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) बेलडाँडी पुगेका छन् । गत असार २४ गते चौधर नदीमा आएको बाढीले महाकाली सिंचाईको शिवनगर मुल नहर बेलडाँडी २ भुर्षाघाटमा भत्काउदा ठुलो क्षति भएको थियो ।

बाढीले पुर्याएको क्षतिको अवलोकनका लागि मन्त्री तामाङ बेलडाँडी आएको महाकाली सिंचाई केन्द्रिय समितिका अध्यक्ष भीम बहादुर थापाले पश्चिम समाचारलाई जानकारी गराउनु भयो । उहाँका अनुसार चौधर नदिमा आएकोबाढीले महाकाली सिंचाईका थुप्रै संरचना तहसनहस गरेको भन्दै वहाँलाई उक्त क्षेत्रको अवलोकन गराई योजना कार्यान्वयनका लागि पहल गरिदिन आग्रह गरेको बताए ।

चौधर नदिमा आएको बाढीले लगत १५ फिट भन्दा अग्लो महाकाली सिंचाईको तटवन्ध (नहर) भत्काएर बस्तीमा पानी पस्दा बेलडाँडी लगायत बेलौरीका केहि वडामा थुप्रै नोक्सान भएको थियो ।

क्षेत्र नं. १ ख का प्रदेश सदस्य तथा संविधान सभा सदस्य दिवान सिह बिष्टले यस क्षेत्रका जनताले सिंचाइ समस्या भोगिरहेकाले प्रत्येक किसानको खेतमा सिंचाइ पुर्याउने पक्षमा गम्भीर ढंगले लागिदिन आग्रह गर्नु भयो ।

यहाँका समस्या अवलोकन गर्दै मन्त्री तामाङले छिट्टै योजना कार्यान्वयको प्रक्रिया अघिबढाउने बचन दिनु भयो । बेलडाँडी गाउँपालिका प्रमुख हरिशचन्द्र रानाले चौधर नदिको धार परिवर्तन गरे मात्र बस्ती जोगाउन सकिने भन्दै नदीको धार परिवर्तनमा सहयोग गरिदिन मन्त्रीलाई आग्रह गर्नु भयो ।

उनले भने “बेलडाँडीका जनताले विद्युत समस्या ठूलो खेप्नुपरेकोले दैजी-बेलडाँडी सडकखण्डको किनारै किनार लाईन विस्तार गरि बेलडाँडीमा सव स्टेसन निमार्णका लागि सहयोग गरिदिन अपिल गर्नु भयो ।

महाकाली सिंचाई जल उपभोक्ता संघ द्धितिय चरण क्षेत्रिय समितिका अध्यक्ष गोपाल कुँवरले सिंचाईका थुप्रै संरचना निर्माण गर्नुपर्ने भएकाले बजेट ब्यावस्थापनमा जोडदिएका थिए । उहाँका अनुसार भुर्षा, कुण्डामा समेत महाकाली सिंचाईको नहर भत्केर ठुलो समस्या निम्तेको बताउदै साना साना समस्या त थुप्रै रहेको बताए । असाढ २४ गते आएको बाढीका कारण किसान सिंचाई सेवाबाट बन्चित भएको भन्दै तुरुन्त संरचना निर्माण गम्भिर भइदिन आग्रह गर्नु भयो ।

बेलडाँडी गाउँपालिका खल्ला क्षेत्रका स्थानीयले बस्ती जोगाउने उपायका लागि सरकार गम्भिर भएर लागिदिनु पर्नेमा जोड दिए । चौधर नदीलाई पुरानै दर्का भन्ने ठाउँदेखि फर्काउनु पर्ने त्यो सम्भव नभएर बिचुवा भन्ने ठाउँदेखि इमलिया गाउँको ७२ विघा जमिनलाई बस्ती तिर पार्ने गरि नदिको धार परिवर्तन गरिदिने हो भने समस्या स्थायी रुपले समाधान हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित