काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेले वर्तमान सरकारले अधिनायकवादी चरित्र देखाएको भन्दै सरकारको अधिनायकवादी चरित्रको सामना गर्न समर्थकहरूलाई आह्वान गरेका छन् । आइतबार राति पार्टी कार्यालयमा जम्मा भएका नेता कार्यकर्ताहरूलाई सम्बोधन गर्दै सभापति लामिछानेले सरकारले जे पनि गर्न सक्ने भएकाले देशभरका कार्यकर्ता र समर्थकहरूलाई अलर्ट बस्न आह्वान गरेका हुन् ।
उनले सहकारी छानबिन समितिको प्रतिवेदनले आफूलाई निर्दोष देखाए पनि सरकारले षड्यन्त्र गरेर आफूमाथि धरपकड गर्न लागेको बताउदै सहकारी पीडितहरूको नेतृत्व आफू गर्न तयार रहेको पनि बताए ।
सभापति लामिछानेले सरकारको ध्यान सहकारी पीडित बचतकर्ताको रकम फिर्ता गर्नेमा नभएर रवि लामिछानेलाई जेल हाल्ने मात्र रहेको बताए । ‘यो सरकारले जे पनि गर्न सक्छ । यो सरकारको विश्वास छैन । तम्तयार भएर रहनुहोला । देशभरका न्याय प्रेमी र रास्वपाका नेता कार्यकर्ताहरू अलर्ट रहन आग्रह गर्दछ’, लामिछानेको भनाइ छ । उनले सरकारको अधिनायकवादी चरित्रका विरुद्ध सबै एक ठाउँमा उभिएमा यो चरित्रको अन्त्य हुने दाबी समेत गरे ।
Discussion about this post