इसाई समाज बेलडाँडीद्वारा ख्रिष्टमसको शुभकामना आदानप्रदान

बेलडाँडी । इसाई समाज बेलडाँडीले ख्रिष्टमसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । ख्रिष्टमसको अवसर पारेर इसाई समाज बेलडाँडी शाखाका अध्यक्ष तिलक चौधरीको सभापतित्वमा आयोजना गरिएको कार्यक्रममा बेलडाँडी गाउँपालिकाका प्रमुख हरिश्चन्द्र राना प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा बोल्दै प्रमखु रानाले पालिकाले सबै धर्मप्रति समान व्यवहार गरेको बताए । उनले सवै धर्मको संरक्षणका लागि सहयोग गर्दै आएको बताउँदै आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने आसवासन दिदै यो कार्यक्रम हर्ष उल्लासका साथ मनाउन सबै इसाई समाजलाई शुभकामना प्रदान गरे ।

बेलडाँडी गाउँपालिका वडा नं.२ का अध्यक्ष नारद सिंह उर्यालले शुभकामना दिदै भने यस हेब्रोन सेन्टर चर्चको अवस्था नाजुक भएकाले यसको मर्मत देखि व्यवस्थापनमा पालिकाले हेरिदिनु पर्ने बताए । यस्तै बेलडाँडी गाउँपालिका प्रवक्ता तथा वडा नं.१ का अध्यक्ष गज बहादुर बिष्टले इसाई समाजले मनाउने ख्रिष्टमसको शुभकामना दिदै सबैको प्रमेश्वर एकै भएको बताउदै मनाउने तरिका फरक भएको जनाउनु भयो । वडा नं.५ का अध्यक्ष इन्द्र बहादुर खडकाले समाजमा सबै धर्मको अस्थित्व रहेको जनाउदै ख्रिष्टमसको शुभकामना व्यक्त गर्दै सकारात्मक सोच आत्म भित्र हुने भएकाले आत्मले सहि दिशा निर्देश गर्नुपर्नेमा जोडदिनु भयो ।

हेब्रोन सेन्टर चर्चका सिनियर पास्टर डेविड रानाद्वारा ख्रिष्टमसको शुभ सन्देश दिदै भन्नु भयो : इशु क्रिस जन्मेको दिन बडादिनको रूपमा मनाउने गरेको बताए । आजको दिन खुसी मनाउदै उपहार साटासाट गर्ने परम्परा रहेको बताउनु भयो । २ हजार बर्ष पहिला उनको जन्म भयो र उनले मानव जातिको उद्वार गरेको जनाए । बाइबलमा भएका कुरा सुनाउदै उनले कार्यक्रमलाई सम्बोधन गर्नु भयो ।

कार्यक्रमका सभा अध्यक्ष चौधरीले शुभकामना दिदै स्थानीय सरकारले समेत चर्चको संरक्षणमा ध्यान दिइदिन अनुरोध गर्नु भयो ।

शुभकामना आदानप्रदान कार्यक्रममा बेलडाँडी गाउँपालिकाका प्रवक्ता गज बहादुर बिष्ट, वडा नं२ का अध्यक्ष नारद सिह उर्याल, वडा नं ५ का अध्यक्ष इन्द्र बहादुर खडका, कार्यपालिका सदस्य हरकमती उपाध्याय, नेपाली कांग्रेस सचिव कुलैराज उपाध्याय, समाजसेवी महिला नेत्री रमा भण्डारी, पास्टरहरु लागयत इसाई धर्माम्वलीहरुले शुभकामना आदानप्रदान गरेका थिए । ख्रिष्टमस डे, डिसेम्बर २५ अर्थात् पुस १० गते इसाई समाजले संसार भरि मनाउने गर्दछन् ।, क्रिश्चियन धर्मका प्रवर्तक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा विश्वभर इसाई समुदायले यो पर्व मनाउने गरेका छन ।

शुभकामना आदानप्रदान कार्यक्रमको संचालन इसाई समाज बेलडाँडी शाखाका सचिव लक्ष्मण रानाले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित