बेलडाँडी— शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र किसान मध्यवर्ती सामुदायिक वनको खडको झारमा एक पाटे बाघ जलेर मृत अवस्थामा फेला परेको छ। बेलडाँडी गाउँपालिका–५ गौशालाको उत्तरतर्फको खडमा आगलागी हुँदा उक्त बाघको मृत्यु भएको आशंका गरिएको छ।
घटनास्थलमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोली पुगेको छ। बाघ भाले वा पोथी भन्ने अहिले पुष्टि हुन सकेको छैन। निकुञ्जका प्राविधिक टोलीले परीक्षणपछि यसको पहिचान गर्ने जनाइएको छ।
बाघको मृत्यु कसरी भयो भन्ने विषयमा थप अनुसन्धान भइरहेको निकुञ्ज स्रोतले जनाएको छ। आगलागीको कारणबारे पनि अनुसन्धान अगाडि बढाइएको छ।
Discussion about this post