शुक्लाफाँटामा उखुबारीमा आगलागी, किसानको लाखौँको नोक्सानी

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ स्थित बमनुराम रानाको उखुबारीमा आगलागी हुँदा लाखौँको क्षति भएको छ।

शनिवार साँझ छिमेकी मोतिराम रानाले आफ्नो बारीमा उखुका सुक्खा पात जलाउने क्रममा हावा चलेपछि आगो बमनुरामको उखुबारीमा सल्किएको थियो।

आगलागीबाट झण्डै पाँच सय क्विन्टल काट्न ठिक्क परेका उखु जलेर नष्ट भएको शुक्लाफाँटा–१२ का वडाध्यक्ष नवलसिंह रानाले जानकारी दिए।

पीडित बमनुरामका अनुसार उनले समूहबाट कर्जा लिएर उखु खेती गरेका थिए। “मिलबाट अनुमति लिएर काट्ने तयारीमा थिएँ, तर दुई दिनअघि नै पूरै उखु जलेर नष्ट भयो,” उनले भने। आगलागीका कारण करिब तीन लाख रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ।

स्थानीय बासिन्दाले आगलागीको खबर पाएपछि आगो नियन्त्रणमा लिएका थिए। किसानहरूले सावधानी नअपनाउँदा यस्ता घटनाहरू दोहोरिन सक्ने भन्दै स्थानीय तहले सचेत रहन आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित