एका विहानै गोकुलपुर बजारमा रहेको ग्यारेजमा आगलागी

87
VIEWS

बेलौरी,
कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर २ गोकुलपुर बजारमा रहेको एक ग्यारेजमा एकाविहानै आगलागी भएको छ ।

 

गोकुलपुर बजार व्यवसायी कुल बहादुर चौधरीले सञ्चालन गरेको ट्याक्टर मर्मत ग्यारेजमा आज बिहान ०७ः३० बजेको समयमा आगलागी भएको हो । आगलागी हुँदा त्यहाँ रहेका सम्पूर्ण सरसामान जलेर नष्ट भएको पिडित चौधरीले बताएका छन् ।

ग्यारेजमा बाहिर धुँवाको मुस्लो देखिएपछि सटर खोल्दा त भित्र आगो दन्किरहेको थियोे । स्थानीय व्यवसायी र जनसमुदायको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । प्रतिकूल मौसमका कारण विद्युत् लाइन आउने–जाने गरिरहेकोले सोही समयमा विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । घटनापछि नेपाल प्रहरीले मुचुल्का उठाएको छ । क्षतिको पूर्ण विवरण भने आउन बाँकी छ ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार